Skip to content


निर्बन्ध
स्वच्छन्द
मुक्ताकासमा
उडिरहेको छु,

चराचर
जगत्
स्वार्थको
अहंको
खोकिलामा
राखेर
मानसाग्नि
द्वन्द्वको
दीप प्रज्ज्वलनमा
रमाएका
मनिसहरू
अस्थिर
चित्तवृत्तिले
अट्टहास
हाँसिरहेका छन्,
प्रभो ! उन्मत्त भैरवलाई
कृपया सद्बुद्धि प्रदान गर ।

पेशल आचार्य
टीकाथली–४, ललितपुर
हालः मन्थली उमावि, मन्थली
मोबाइल: ९८४४०४४०८३

Leave a Reply

Your email address will not be published. Required fields are marked *