Skip to content


आमाको ममता छ अम्रितसरी पाइन्छ के स्वर्गमा।
स्वर्गैमा पनि मिल्छ के सुखहरू जो मिल्छ मातृत्वमा।।
यस्तो लाग्छ अपार प्रेम दिलको गङ्गा बहाईकन।
गर्छिन् प्यार निमग्न तन्मय हुँदै सन्तानको पालन।।

लाग्दा भोक पियास भोजन मिठो ख्वाइन् बनाईकन।
भोकै अफु बसेर रातदिनमा राख्छिन् मनाईकन।।
गङ्गाको जल झैँ पवित्र मनको माया मिठो पावन।
पैसा फाल बिटो गनेर ममता को किन्न सक्ला भन?

आमाको मन हुन्छ भित्र कमलो सन्तानकै लागी हो।
माताको ममतामयी मन कतै आर्को कहाँ मिल्छ त्यो।।
सानो चोट हुँदा दुख्यो कि त भनी छामेर पैह्ले शिर।
रोईन् की जननी कठै! कति कती फर्केर अर्का तिर।।

सारा कष्ट भुलेर दु:खहरु ती हाँसेर हुर्काउने।
हा…हा… बाबु भनेर रोइरहँदो सन्तान फुर्काउने।।
यस्तै रैछ कला अनेक तब पो सन्तान खूशी हुने।
आनन्दी मनले भएर जननी को काखमा हुर्कने।।

माया प्रेम अती गरेर दुधको धारा पिलाईकन।
मेरो लाल निदाइदेउन भनी कोक्रो मिलाईकन।।
हाँस्छिन् रे जननी विचित्र मनले मेरो कलेजा भनी।
आमाको ममता नबिर्स मनुवा बिन्ती छ मेरो पनी।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *