Skip to content


देखाएर योवन तिम्रो बेहोसी नबनाऊ है
पिलाएर नशा धेरै मद्होसी नबनाऊ है

तिम्रो बैँशको उन्माद साँझले देखेको छ
विचरा विहानीलाई दोषी नबनाऊ है

गोप्य रहुन् जवानीले मातिएका कुराहरू
संसारको अगाडि कोशी नबनाऊ है

बनाउन त बनाऊ तिम्रो भव्य महल
झुपडीका खुसीहरू खोसी नबनाऊ है

इन्कार गर्न सक्छु तिम्रा कुराहरू मैले
आफ्नो मनलाई सन्तोषी नबनाऊ है

विनोद विवश
कुश्मीसेरा १, बागलुङ
२०७१-१२-२५

1 thought on “बेहोसी नबनाऊ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *