Skip to content


कुन बगैचामा फुलेकी हौली मेरी प्रियसी ?
जुन जस्तै कतै झुलेकी हौली मेरी प्रियसी

धेरै दिन भयो खोजिरहेछु सपना साँचेर
डाँफे मुनालझैं डुलेकी हौली मेरी प्रियसी l

वसन्तले बहार ल्यायो उमंग जवानीको
कठै कल्पनामा डुबेकी हौली मेरी प्रियसी!

पहाड मदेश जहीं फुलोस फूल त फूलै हो
कतै हिलोमापो फक्रेकी हौली मेरी प्रियसी !

Leave a Reply

Your email address will not be published. Required fields are marked *