Skip to content


२०७२ बैशाख ११२ गते ११ः५६मा महाविनासकारी महाभूकम्प गयो । यस महाभूकम्पले गोरखा, सिन्धुपाल्चोक र काठमाडौंमा सबैभन्दा ठूलो विध्वंश मच्चायो । यस महाभूकम्पले मध्यमाञ्चलभरिनै वितन्डा मच्चायो ।

बैशाख १६ गते मात्रै लाशले गर्दाै एकथरिले महामारी फैलियो भनेर ३ लाखभन्दा बढीले काठमाडौं छोडिसकेका छन् । सडक सुनसान छ, दशैंमा भन्दा पनि । भाडाका सवारी सबै रिजर्भमा चलाइरहेका छन् । काठमाडौं छोड्नेलाई गाडीको भाडा २५०० देखि ५,०००सम्म मनपरी भाडा लिएकोले स्कुलको संगठन प्याब्सनले सरकारको सहयोगमा काठमाडौं छोड्नेहरूका लागि निःशुल्क ५००वटा बस माइतीघरदेखि तीनकुने कोटेश्वरसम्म राखिएका छन् । अधिकांश मानिसहरू घरको तल्लो तल्लामा र पालमसनि बसिरहेका छन्, फेरि भूँइचालो आउला कि भनेर ।

यस महाभूकम्प लगत्तै १०० वटा भनदा बढी ४ रेक्टरभन्दा ठूला भूकम्प गइसकेका छन् । धेरैजसो मधेसी तथा भारतीय नागरिकहरूलाई भारत स।रकारले निशुल्क रुपमा आफ्नो देशमा ओसारिरहेका छन् । यो संख्या पनि करिव ४लाख जतिककै हाराहारीको छ । राहत सामग्रीहरू त्रिभूवन विमानस्थलमा विदेशबाट थुप्रै आइ।रहेका छन् । अहिले त्यसलाई कसरी वितरण गर्ने भन्ने ब्यवस्थापनको कमजारी देखा परिरहेको छ ।

हुन त भूइँचालो लाग्नासाथ पीडितले सहयोग लिनलाई कहाँ सम्पर्क राख्ने भन्ने अन्योल भएको थियो भने अब भने टोल फ्री नम्बर १२३४मा सम्पर्क गरिसकेपछि इन्क्वायरीले जस्तै यहाँ सम्पर्क राख्ने, यसमा फोन गर्ने भनेर सहयोग गर्दै आइरहेको छ ।

बजार पूरै सुनसान अवस्थामा छ । भारतीय नागरिकहरू, पूर्व, पश्चिमका नेपाली नागरिकहरू सबै काठमाडौंबाट बाहिरिएकाले काठमाडौं पूरै सुनसान छ । बजार प्रायः किराना पसल, औषधी पसल मात्र खुलेका छन् । यस्ता ठाउँमा मात्रै अलि चहलपहल देखिन्छन् ।

हालै मैले रेडियो नेृपालमा फोन गरेका एकजना पीडकले ठूलो भर्याङबाट १२ गतेदेखि दबिएका ४८ जनाको उद्धार भएको र ५५ जना मृत अवस्थामा फेला परेको थाहा भएको छ । त्यस्तै अर्का पीडकले माछापोखरीमा ठूलो भवन तहसनहस भएकोमा कसैले पनि उद्धार गर्न नआएको गुनासो गरेका थिए । त्यस्तै बालाजु वसपार्क एरियाका ठूला ठूला ७–८ तल्ले लज तथा होटलहरू धस्सिएका छन् भनेर पीडकले अन्डरग्राउन्डबाटै उद्धारका लागि याचना ग।िरहेका थिए । यसरी हेर्दा अहिलेको अवस्थामा उद्धार गर्ने ठाउँमा उद्दार गर्ने र सही ब्यवस्थापनद्वारा राहत गर्नुपर्ने अवस्था छ ।

यतिबेला मित्रराष्ट तथा सुमुन्द्रपारिका देशहरूबाट पनि उद्दार कार्यका लागि राहत पनि आइरहेका छन् । तर सही ठाउँमा पुग्न सकिरहेका छैनन् । त्यसैले सही ब्यवस्थापन टड्कारो आवश्यकता भएको छ ।
त्यसैले पीडकहरूले कहीँ उद्धार नभएको थाहा पाएमा १२३४ टोल फ्रि नम्बरमा डायल गरी कता सूचना दिनुपर्ने हो सो गरिदिनुहुन अनुरोध छ ।

जहाँसम्म राहत सामग्रीको कुरो हो नेपाल सरकारले राहत सामग्री अब नदिन दातृ देशहरूलाई गरेको पनि पाइयो । हुनत दातृरदेशबाट राहतभन्दा पनि अहिले उद्धारको समय हो । फसेकाहरूलाई निकाल्ने पहिलो प्राथमिकता हो । त्यसपछि मात्र राहत हो । यदि ब्यवस्थापन सही छ भने राहतका खाद्यान्नहरू पनि सड्ने कुहिने हुनबाट बचाउन सकिन्छ । सरकारको ध्यान अहिले उद्धारमा केन्द्रित भएकोले पनि भएको हो ।
त्यस्तै दुर्घटनाग्रस्त प्रकृतिक विपत्तिग्रस्त ठाउँहरूमा पशु चौपायाहरूमा त्यत्ति ध्यान पुग्न सकेको छैन । जसले गर्दा ती पशु चौपायाहरू कुहिएर महामारी फैलिने डर पनि एकातिर छ ।

महामारी फैलन्छ भन्ने डरले वस्ती सर्नेहरू पनि थुप्रै छन् । यसलाई समाधान गर्नुपट्टि लाग्नु आजको टड्कारो आवश्यकता हो ।

यो समय दातृदेशहरूबाट प्रचूर सहयोग आइरहेको अवस्था पनि हो । यो समय सबै परिवारहरू एकजुट भएजस्तै, टोलकाहरू पनि आपसी मनमुताव विर्सिएर एकजुट भएजस्तै आफ्नै कुर्सीमात्र ताक्ने विभिन्न पार्टीका नेताहरू पनि एकजुट हुने हुन् भने संविधान बन्न लागेको यो अवस्थामा हमाम्रो देश बन्ने निश्चित छ ।
राम्ररी हामी परिचालित हुनु पर्यो र राम्रो ब्यवस्थापन हुनु पर्यो । यो एउटा कालो वादलभित्रको चाँदीको टलक जस्तो राम्रो सुअवसर हो । मैले यसैबाट नयँ नेपाल, नयाँ नेपाल भनिरहेजस्तै नेपालको कायापलट देखिरहेको छु ।

२०७२ बैसाख १९
विजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *