मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
विपत्तिमा छटपटाएको गाँऊबस्ती
san — Sun, 05/03/2015 - 16:14
एक हप्ता अगाडि मातातिर्थ औंसीमा म घर जाँदा सिमसिमे परेको पानीसँगै हरीयालीले छाएको मेरो गाउँ हप्ता दिनमै एकाएक उजाडिएको छ । गत शनिवार लमजुङलाई केन्द्रविन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको विनाशकारी महाभूकम्पले मेरो गाउँको सौर्न्दर्यता लुटिदिएको छ । खुशीलाई आँशुमा बदल्दिएको छ । सबैको मनमा पीडा दिएर आँशु झेलमा रुमलिदिएको छ । मध्ये दिनमा गएको यो महाभूकम्प भयानक कालरात्रीमा बन्न पुग्यो । विपतको यो घडीमा स्वदेशी, विदेशी र नेपाल आर्मी, शसस्त्र प्रहरी, नेपाल प्रहरीका साथै अन्य संघ संस्थाहरूले र्घाईतेको उद्धार गर्न तल्लिन भएर खटिएको छ । कसैले पनि नसोचेको विपत्तिले छट्पटाएका छन अधिकांश गाउँबस्तीहरू ।
हरेक गाउँहरूमा अघिपछिको जस्तो कुनै उत्साह छैन यहाँ । सबैको अनुहार नैराश्यता र त्रासले गर्दा मलिन देखिन्छ । पल भरै हजारौ नागरिकहरू घरवार विहीन भएका छन, कति टुहुरा भएका छन । गाउँबस्ती कुनै घरहरू हेर्न लायक छैनन् । घर भित्र कोही बस्न सकेका थिएनन् र छैनन पनि । खुल्ला आकाश नै सबैको घर बन्न पुग्यो बारीका पाटाहरू, समथर चौरहरू उनीहरूको श्वास फेर्ने थलो बन्यो । यही विपत्तीसँगै सिङ्गो देश नै छट्पाटाइरहेको छ ।
भखरै मात्र देशले कोल्टे फेर्दै थियो । नागरिकहरू स्वतन्त्रता र शान्तिको श्वास फेर्दै थिए । सबैमा समृद्धि र विकासका आशाहरू पलाउँदै थियो । दश वर्षो जनयुद्धले विछिप्त भएको घाउहरू खाटा बसिसकेको थियो । द्वन्द्व पिडीतहरूको वेदनाहरू मत्थर हुदै थिए । देश संविधानको पर्खाइमा थियो । राष्ट्र समृद्धिको बाटोमा थियो । नयाँ वर्ष नयाँ उमङ्ग र नयाँ संविधानको प्रतिक्षा गर्दै मनाईएको ११ औं लोकतन्त्र दिवस भइरहँदा पेरीको अर्को विपत्ति आई लाग्यो । विनाशकारी महाभूकम्पको रुप लिएर आएको यो विपत्ती सबैमा प्रपीडामा पारीदियो । सङ्लिदै गएको नेपालीहरूको मनलाई धमिल्याई दिएको छ । अनि गाउँ बस्तीहरूलाई शोकमा डुबाई प्रकृतिले प्रकृतिकै सौर्न्दर्यता लुटिदियो ।
भूकम्पबाट शहर बजारको दाँजोमा गाऊबस्ती क्षतविक्षत भएको छ । केही दिन अघिसम्म सुन्दरबस्ती बसेको गाउँका घरगोठहरू अहिले मसानघाट बनेको छ । सिङ्गो गाउँ नै एउटा माटोको थुप्रोमा परणित हुँदा त्यो निर्दयी भूकम्पले हजारौंको ज्यान लियो, लाखौंलाई हताहत पारीदियो, कतिको सहारा खोसिदियो, पीडा माथि झन पीडा थपिदियो । भूकम्प गएसँगै परेको मुसलधारे पानीले जलेको मनलाई निभाउन सकेन झन दर्द थपिदियो । भौगोलिक विकटतासँगै मौसम परिवर्तनका कारणले गर्दा दुर्गम गाउँका बासिन्दाहरू चिसो पानीमा रुज्दै जीवन झिनो आशा लिएर बाँच्न विवश भए । भूकम्प गएको हप्ता दिन वित्दा सामान्य उपचार समेत पाउन सकेनन् राहत त धेरै टाढा विषय रहृयो । गाउँका पिठितहरूलाई एकातिर उनीहरूलाई घरबास उठेको चोट, अर्कोतिर परिवार गुमाउनुको वियोग छ त्यस माथि हप्ता दिनसम्मको भोक र प्यास भित्र कसैले ओत लाग्ने सानो पाल ल्याई दिलाकी भन्ने झिनो आश लुकेको छ । सबैतिरबाट ठगिएका छन गाउँका भूकम्प पिडितहरू, विदेशि संघसंस्थाले दिएका राहतहरू पनि शहर नजिकका गाउँहरूमा मात्र पुगेको देखिन्छ । पिडितका नाममा आएको राहतमा राजनीतिको ठूलो प्रभाव देखिन्छ । दुर्गम गाउँमा जान लागेको राहत सामग्रीहरू पनि बिच बाटोमा नै खासिने गरेको छ । त्यसैले त छट्पर्टाइरहेको गाउँबस्तीहरू ।
भूकम्पको धक्का कम हुँदै बजारहरू खुल्नुका साथै जनजीवन सामान्य बन्दै जाँदा गाउँमा भने झन झन पीडा थपिँदै छ । गाउँलेहरूलाई गास, बास, कवासले पिरोलेको छ । घर बास छैन, बाहिरबाट हेर्दा ठाडो देखिएका घरहरू पनि चिरा चिरा परेको छ । सामान्य मर्मत गरेर घरमा बस्नेहरू घरतिर फर्किदै गर्दा सहारा नै माटोमा बिलाएकाहरूमा झन झन तड्पिन थालेका छन । उनीहरूसँग न बास छ, न गास छ । केही दिन अघिसम्म छिमेकीहरूको पालमा जिउ आतेकाहरू पिडितहरूलाइसँगै बसेका साथीहरू घर पर्किदा उनीहरू झन बेसहारा बन्न पुगेका छन । अब के खाने, कहाँ बस्ने भन्ने कुराले पिरोल्न थालेको छ । यति बेला उनीहरूलाई गासभन्दा बास चाहिएको छ । भूकम्पको विपत्तिमा रुमलिएका गाउँबस्तीले भनिरहेको छ, सरकार हामीहरूलाई खानका लागि दाल र थाल हैन, शरीर ढाक्ने पाल देऊ ।
- 1183 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- शब्द र भाव राम्ररी मिलाउनु
36 min 16 sec ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
18 hours 2 min ago - सारै राम्रो पुस्तक, बधाई छ
20 hours 31 min ago - किताब राम्रो रहेछ । बधाई छ
20 hours 32 min ago - एकदम सान्दर्भिक
1 day 1 hour ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 day 3 hours ago - भुगोल ले नछेकेको माया
6 days 17 min ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
6 days 1 hour ago - सधा झै उत्कृष्ट रचना
6 days 19 hours ago - Correction
1 week 6 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- गाउले जीवन
- तीन मुक्तक (मागे मुटु दिन्छु, तिम्रो मुहार हेरी, मायाको हुन्न)
- सत्य लुक्दैन झुठो टिक्दैन !
- शान्ति (लघुकथा)
- प्नान्कटन र पठारहरू
- म एउटा घण्ट
- सायद तिम्रो बाटोमा
- मन मिल्ने साथी चाहिँदो रैछ
- भन्सारको जागिर
- सून्य छ मेरो जीवन
- उनकै यादमा
- क्रुर शासक विरुद्ध जिउँदा जनताको लडाइँ
- गजल
- धेरै हारेँ जिन्दगीमा,अझै पनि हार्नु कति
- जीवनमा कलाको आवश्यकता
- खाली खल्ति भुक्खा पेट
- सर्माउँदै झुके
- अस्ताइरहेछु
- देश कसरी उभो लाग्छ ?
- याद बददै छ उनको झन
- फुल्नेछन् सपनाहरू एक दिन
- बिर्सुंभन्दा सम्झना पो
- कोदोबारी र काठमाडौं
- सवाल-जवाफ (गजल) : स्वदेशमै बस प्यारा
- मेहनतको सुवास
- मेरो सपना
- बितेका कुराले
- बिरही माया अधुरो रह्यो
- के के होलान् (तीज विशेष)
- सपना भुलाई सारा
Post new comment