समय उही, दिन उही साल त फरक भो
बहतरको सुरुवात देशकै निम्ति घाटा भो
दशै हजार ज्यान लिने वहतर वैशाख
पल भरमै ढले धरोहर सारा बनेर राख
घर ढले, मन्दिर ढले, ढले धराहरा
देशको मुटु राजधानी बने वेसहारा
शवले भरिए आर्यघट मलामी डराए
भुई चल्न थाले हजुर प्रकृति रिसाए
छिन छिनमै भुई हलिन्छ देशै भरि आंतक
देश लुटने अदृश्यमय त्यो कठोर मानक
सवको मनमा डर छर्दै जान्छ त्यो विलाएर
मानव संरचना लैजान्छ तिने एकाशि लुछेर
लुछिएको फुल झै बनेको छ यो जीवन
टुक्राई लग्यो हामीबाट हजारै ती भवन
वैरी बन्यो हामीले खेलेको त्यो आगन
मृत्यु लोकमा पुगे कति नसक्दा भाग्न
अस्पतालका वेडहरू खालि छैन कस्तो यो विपत
शवलाई दाहसंस्कार गर्ने छैन ओत न आफन्त
कहाली लाग्दो खण्डरमा शहर भयो परिणत
हे दैव असय भयो अब सहन त्यो विपत
हे वहतर वैशाख अब भुकम्वलाई वगाएर लैजाऊ
नेपालीजनमा रहेको त्रासलाई भगाएर जाऊ
प्रकृति शक्ति छ सदैव पुजनीय अन्तै अब विसाउ
मानव भित्रको त्यो आसलाई फेरि सृजनामय बनाउ