Skip to content


कम्प मनमा
कम्प तनमा
कम्प जीवनमा
कम्प परिवारमा
कम्प मित्रजनमा
कम्प नेपालीजनमा
धरातलमा
जलमा थलमा
भूकम्प नेपालमा।

७.८ रेक्टर नापमा
कुना कापमा
तापमा रापमा
नेपाल डुब्यो संतापमा
मन्दिरमा दरबारमा
जनमानस हिड्दैछ तरवारमा
आँशुको तालमा
२०७२ सालमा
नेपाल नेपाली बेहालमा।

बैशाखको १२ गते
शनिवार दिन ११:५६ बजे
काप्यो नेपाली धर्ती जोडले
डग्मगायो धराहरा बेतोडले
ढल्यो इतिहासको धरोहर
धुँवाले छोप्यो दृश्य मनोहर
खरानी भए हजारौ बासहरू
धर्ती कहाँ राख्छेउ लासहरू?

आँशुमा डुब्यो धर्ती
नेपाल चित्कारमा
सेवाभाव शून्य भो
राजनीतिक दलमा
विश्वास छैन रत्ति
दल र सरकारमा
पिडितहरू भौतारिदै
त्रिपालको दरकारमा।

कोही अस्पतालमा
कति जल्दै घाटमा
कति कुर्दैछन् आशमा
हरदिन हररातमा।
श्रदासुमन अस्ताएका ती
हजारौ ताराहरू प्रति
झुकेका नयन हाम्रा
शून्य स्तब्ध जीवन गति।

न ढेखे न जानेको
कम्प पराकम्प यस्तो
महिनौंसम्म नरोकिने
भूकम्प त्रास कस्तो।

जे भो जनले
शिक्षा लिनु अब
सब धर्म सब जात
एक हुनु अब
सबै मिलि फेरि
नेपाल आमा हसाउने
थोपा थोपा मिलेर
समुद्र ठूलो बनाउने
राजनीति बिभाजनको
रेखा नबनोस अब
विश्वभरिका नेपाली
एक हौ सब।

Leave a Reply

Your email address will not be published. Required fields are marked *