शुन्य आकाशमा
त्यो कालो बादलमाथि,
टहटह ती गहकिला आँसुले हेर्छु
मेरो छाती
कहिल्यै नपुरिने घाउमा परिणत भएको छ,
घनघोर दृश्यले मलाई
संकेत गरेको छ ।
कल्पनामा पनि मेरो मनले
सोच्न सकेको थिएन,
जुन पीडा आज मैले भोग्नुपरेको छ ।
अचम्म लाग्छ
म आज घायल भएको छु,
मेरा ठुला नाकहरू आज,
चिरा चिरा परेका छन ।
आमा भन्न नपाई मेरा जनता,
आकाशपारिको संसारको
यात्रा तताउन बाध्य भएका छन,
दृश्य हेर्न पुगेका ती कलिला मुनाहरू,
आज भयाभयी त्रासमा भौतारिएका छन,
हो,
मेरा ती ठुला निधारहरूमा
पटकपटक चिरापरेका छन ।
मेरा जनताहरू आज
पानीका थोपाले आफ्ना विरहका
आँसु पखाल्न नसक्ने भएकाछन,
मेरा ममतामयी पाखुराहरू
ठुला चट्टानभित्र पुरिएका छन
मलाई थाहा छ
ती कहिल्यै फर्किदैनन्
पिरकापोकाहरू मनभित्र
उम्लिन सकेका छैनन्
कुनवैरीका आँखा गडेका थिए
साना भ्रुणहरू
चिच्याउन नपाई
बादलपारीको संसारमा
डेरा जमाउन बाध्य भए
साना कलिला रुखहरू
शुन्यताको संसारमा
हुर्किन नसक्ने भए ।
ती पोथ्राहरू कसरी हुर्किन्छन होला ?
जस्को ममता टुक्रिएको छ,
त्यस्को मनभित्र कस्तो चोट परेको होला ?
यहाँ
मलाई सहनपनि गाह्रो भएको छ
आँसुको खोला बग्दैछ
मलाई लागेको चोट अनन्तसम्म गहिरो छ ।
त्यो विरहरूको भूमि
जस्काहातहरू बलिया हतियार मानिएका थिए
ती खुट्टाहरू
पुलथेग्ने खम्बा मानिएका थिए
अहो ! ती पट्पटि फुटे
हरे ! ती आकाशपारिको संसारमा पुगे
मेरो खुसी आज मबाट टाढा भयो
मलाई आँशुको खोलाले भिजाएको छ
यो हृदय चर्चरति च्यातिएको छ
मेरा अनुहार त्यो हलचलले
चिरापरेका छन् ।
कुन आमाले चाहन्छ
आफ्ना सन्तानका लासहरू
ढलेका देख्न
तर
आज आफ्नै शन्तानका लासहरू
मेरो छातीमाथि
ढलेका पाँउदैछु
सुन्नपनिसकेको छैन
मेरा हजाँरौ सन्तानलाई एकैचोटी अगोले
मैरैअगाडि दाहसंस्कार गर्दैछन
जुनपीडाले म छट्पटिदैछु
मेरा आाँखाले आँसुको खोला बगाउँदैछ ।
मेरा शन्तानहरू खुल्लाआकासमा
भोकै बाँच्न बाध्य भएकाछन
मैले दिएको पानी
मेरा सन्तालाई पुगेन अरे
हो मलाई सहन पनि गाह्रो भएको छ ।
nice surendra sir..kalam
nice surendra sir..kalam chalos