मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
प्राकृतिक पीडातङ्क
editor — Wed, 06/17/2015 - 03:41
भत्किएर खण्डहर सपनाहरू
थन्किएर योजनाका अलपत्र फाइलहरू
किंकर्तव्यविमूढ दोबाटोको यात्री
बस्ने बासको उठीबास भएको बेला
हिँड्ने बाटो भत्किएको यो क्षण
ज्ञान र विज्ञानको पहुँच बाहिर
विजुली चम्काइकै सारमा
कुन देवताले सुन्न र भन्न सक्यो
कुन देवताले थुन्न र छेक्न सक्यो
देवता स्वयम् पीडित भएको यो बेला
ढलेनन् मात्र घरहरू
थुप्रै तनहरू ढलेका छन्
छियाछिया, विक्षिप्त भएर
लाखौँ मनहरू ढलेका छन्
उडेनन् मात्र छानाहरू
हजारौँ आत्माहरू उडेका छन्
बगेनन् मात्र पहाडहरू
सहस्र खुसीहरू बगेका छन्,
पीडा दिएर प्रकृति
हामीलाई चेतनाको पाठ सिकाउँछ
भोग्नु भोगाएर हाम्रो प्रकृति
होशियारीको शङ्खघोष गराउँछ
सहनु छ हामी आफैँले
विपत, प्रकोप र त्रासदीहरू
सजीव हुनुको यही नाताले,
पीडाको हिमाल पगाल्नु छ
आँसुको पोखरी सुकाउँनु छ
अरुले त मात्र मलम लगाउँने न हुन्
निको पार्नु छ आफ्नो घाउ आफैँले
अरुले त माटो पन्साउँने मात्र हुन्
खन्नु छ आफ्नो बाटो आफैँले
र हिँड्नु छ लामो भविष्य यात्रा ।
रामविक्रम थापा
कृष्णगर्त, खोटाङ
मो.नं. ९७५३००४३६०
- 465 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
1 day 8 hours ago - सानो आग्रह गरे है सर
2 days 3 hours ago - कत्रो दुर दर्शिता
6 days 12 hours ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 3 hours ago - appreciate
4 weeks 6 days ago - आभार
5 weeks 6 hours ago - बहुत खुब कहिल्छि ।
5 weeks 3 days ago - आभार प्रकट गरे
5 weeks 5 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 5 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 6 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- देशभक्त हुँ म
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- प्राकृतिक पीडातङ्क
- छोराचाहिं है माया हिंड्दछ डुलेर
- अशान्ति छ चारैतिर
- जनैको डर
- लाटीको छोरो
- मुटुभरि माया साँच्ची
- रूपनारायण सिंहको भ्रमर
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- मोहनी लाग्ला है
- सारै गारो छ है साथी डलर कमाउन
- देशभक्ति - २
- कर्म मारा
- सागर गहिराइको मुगा
- पाँच मुक्तक
- देशको चाला
- म निदाउँदै छु
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- सुचौबन्दी चोली छिटको फरिया
- कोरो आ पाढि
- चक्र जस्तै घुम्दो रै’छ
- शुभकामना!
- अनौठो प्रेम
- मुम्बई ब्लास्ट हुनुअघि
- जीवन-चङ्गा
- खोइ त नयाँ बर्षको शुभकामना ?
- दुर्गा, काली, नारी स्वरूप
- मेरी आमा
- आइगक तरसमें हमर चुल्हा
- अन्तिम पत्र तिमीलाई
- गजल
Post new comment