Skip to content

तिमीलाई आँखाभित्र

YuvRajBhandari


तिमीलाई आँखाभित्र सजाई राख्छु
माया मात्रै होइन मुटु पनि बाड्छु।

रात पर्दा तिमी तारा बनी उदाउछेउ
हरदिन बिहानमा ज्योति छर्दै आउछेउ।
तस्वीर तिम्रो छातीभित्र सजाई राख्छु
माया मात्रै होइन मुटु पनि बाड्छु।

तिमीबिना त म पलभरमै मर्छु
मैले जे गर्छु तिम्रैलागि गर्छु।
तिमीलाई मनकी रानी बनाई राख्छु
माया मात्रै होइन मुटु पनि बाड्छु।

तिमी धर्ती तिमी नै गगन हौ
तिमी मेरो सास तिमी पवन हौ।
तिमीलाई आँखाकी नानी बनाई राख्छु
माया मात्रै होइन मुटु पनि बाड्छु।

तिमीलाई आँखाभित्र सजाई राख्छु
माया मात्रै होइन मुटु पनि बाड्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *