‘ए’ जिन्दगी आँशु झारें तिम्रै कारणले
आफैंलाई शोकमा पारें तिम्रै कारणले
हृदयमा ज्वालामुखी झैं बिस्पोट भएर
जिती राख्यौ आज हारे तिम्रै कारणले
बाँचुञ्जेल तड्पीएर प्यासी काकाकुल झैं
चाहनालाई जिउँदै मारे तिम्रै कारणले
इन्द्रेणी झैं रंग फेर्यौ अनि त्यसै बिलायौ
मुटुमाथि काँडाबाँरे तिम्रै कारण ले
ढकमक्क जवानी यो फक्रिएको बेला
माछीलाई झैं तेलमा खारे तिम्रै कारण ले
डिल्ली प्रसाद खराल”घायल”
वीरेन्द्रनगर चितवन,
हाल: मरुभूमिको छाती दुबई”