Skip to content


कसरी भनूँ म मनको कुरा यो
पहिलो पहिलो हो यो माया हजुरलाई
भनिदेन ए चरी मेरो हजुरलाई

सिरिरिरि लाग्छ जसरी पवन
नयाँ नयाँ लाग्छ धरती गगन
भनिदेन ए चरी मेरो हजुरलाई

खोज्न थाल्यो आँखाले मीठो सपना
रोज्न थाल्यो मनले नयाँ भावना
भनिदेन ए चरी मेरो हजुरलाई

पात पात अल्झियो थोपा खुसीको
मिठो मिठो गुन्जियो भाका गीतको
भनिदेन ए चरी मेरो हजुरलाई

शब्द – कुसुम गजमेर
स्वर – साधना सरगम
संगीत – रनजीत गजमेर
चलचित्र – देउता

Leave a Reply

Your email address will not be published. Required fields are marked *