Skip to content

आठ हाइकु (बिदेशी भूमि)


बिदेशी भूमि
दिनरात बेचैन
छायाँ नै मात्र

फूल र काँडा
सत्य र असत्यको
मिठो संगम

पाटले ढाक्यो
हावाले म्वाईँ खायो
प्रेम बन्धन

यो शहरमा
जूनले चियाएर
आँशु खसाल्यो

फूल टिपेर
देवतालाई चढाए
मोक्षको भ्रान्ति

नारी पुरुष
धरती र आकाश
सृष्टि चक्र यो

फूलको बास्ना
वुद्धको निर्वाणमा
सत्य र तथ्य

आमाको प्रेम
गुलाबको सुघन्ध
निलो आकाश

पशुपति कर्माचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *