Skip to content

दुधे बच्चा छोडेर


दुधे बच्चा छोडेर सात समुद्र तर्दा पनि
देखनौ आज मैले यति संघर्ष गर्दा पनि

ज्यानै खायो रोगले प्रवासको गुलामीमा
बुझ्ने मेरो कोही छैन अँश्रुधारा झर्दा पनि

एउटा दुख्दा अर्को रुन्छ भन्छन दम्पतीमा
सहानुभूति पाउदिन म यस्तो चोट पर्दा पनि

बाचुन्जेल दुख मात्रै लेख्या रैछ यो कर्ममा
रुन मलाई छोडेन खै कोसौं टाढा सर्दा पनि

जिम्मेवारी एक्लै बोके तिम्रो साथ् माया बिना
दोष अँझै थोपर्दै जाऊ पीडाले म मर्दा पनि

कल्पना पौडेल ‘ जिज्ञासु’
गैडाकोट ४ नवलपरासी
हाल इजरायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *