Skip to content

शब्द को खेल

कहिले त्यसै रुवाइने
कैले त्यसै हँसाइदिने
यो शब्द को खेल बिचित्र !
कहिले कुनै शब्दहरुले खुसीको गहिराइमा डुबाइदिन्छ
कहिले हजार खन्जर हानि रगतको आँशु रुवाइदिन्छ
कति शब्द प्यारा हुन्छन कति हुन्छन धोकेबाज
म भन्छु एउटा कुरा अरुलाई अर्कै बुझाइदिन्छ |
अन्जानलाई मिलाइदिने
आफ्नैलाई छुटाईदिने
यो शब्द को खेल बिचित्र !
यो शब्द को खेल बिचित्र !

Leave a Reply

Your email address will not be published. Required fields are marked *