• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

ओशो देशानाको जनजागरण यात्रा : मेचीदेखि महाकालीसम्म

editor — Mon, 07/06/2015 - 01:37

  • आध्यात्मिक विश्लेशण
  • नन्दलाल आचार्य

जागरणको यात्रा हो यो महाकालीदेखि मेचीसम्म
आयौँ हामी ओशो सन्यासी ध्यान, प्रेमको दियो बाल्न ।
ध्यान सिकौँ, ध्यान डुबौँ, ध्यान हो एउटै बाटो
उठ्नैपर्छ हामीले माथि खोलौँ भित्री पाटो ।

व्यक्ति, व्यक्तिमा करुणा, प्रेम, शान्ति, सद्भाव फैलाएर व्यक्ति विशेषको आन्तरिक इलाज गरी समाज र राष्टलाई सपार्ने महान् लक्ष्यका साथ महाकाली अञ्चलको महेन्द्रनगरबाट सुरु भएको महाकालीदेखि मेचीसम्मको जागरण यात्रा राजविराज नगरीमा समेत प्रवेश गरेको थियो ।

स्वामी ज्ञान खालिस र स्वामीगोपाल भारतीको संयुक्त आयोजनामा ५५ जना ओशो प्रेमीहरूको एक समूहले ओशो सन्देश, भजन, कीर्तन र जागरण गीतका साथ नगर परिक्रमा गर्यो । उक्त अवसरमा ‘ओशो आए, आनन्द लाय’, ‘आनन्द छ आफूभित्र बाहिर खोज्दा भेटिदैन, धन, पद जति जोड तृष्णा मेटिदैन’ जस्ता नाराहरू लगाइएका थिए । समाजमा मौलाउँदै गएको अराजकता, अशान्ति, राजनैतिक अस्थिरता र वैमनस्यताले मानवीय संवेदना नै ह्रास भइरहेकोले सद्गुरु ओशोले प्रतिपादन र सिफारिस गरेका ध्यान विधिहरूलाई अवलम्बन गरेर र उनले दिएको देशानालाई जीवनमा लागू गरेर मान्छेले सुखको राज ल्याउन सक्छ भन्ने कथन माँ ध्यान नीरजाको थियो । आजको युगमा मान्छे आफूभित्रको सत्रुबाट भागिरहेको, अत्तालिरहेको छ, ओशो ध्यानविधिमार्फत् खराव मान्छे असलमा रुपान्तरण हुन्छ भन्ने विचार माँ देव अनुपमको थियो । उक्त अवसरको भजनमा भनिएको थियो.....

यो युग ध्यानीको, यो युग प्रेमीको
धर्तीलाई स्वर्ग बनाउने, यो युग ओशोको ।
हामीले नाच्न सिक्यौ, हामीले नाच्न सिक्यौ,
दु:खले भरिएको संसारमा हामीले हाँस्न सिक्यौ ।
पलपल बाँचेर हेर आनन्द बर्सन्छ यहाँ,
आँखा खोलेर हेर को छ पराई यहाँ ?
भारी बिसाइ हेर मुक्त छौ, अहिले यहाँ
हृदय खोलेर हेर प्रेम बर्सन्छ यहाँ ।

दार्शनिक ओशो मानिसका बारेको कथनमा स्वामी निर्दोष भन्छन्– ‘कुनै पनि मानिसमा उसका पहिलेका जन्महरूको स्मृति जगाउने हो भने थाहा हुन्छ, ऊ मानिस हुनुभन्दा पहिले गाई थियो आत्मिक विकासको हिसावले । शारीरिक हिसावले त ऊ बाँदर नै थियो । यसरी हेर्दा मानिसको शरीर बाँदरबाट र आत्मा गाईबाट विकसित भएको हो ।’ दार्शनिक ओशोले जीवनका बारेमा भनेका कथन अघि सार्दै उनी अगाडि थप्छन्– ‘ सद्गुरु ओशोको दृष्टिमा जीवन नै परमात्मा हो र जीवन नै मोक्ष हो । जो मानिस जिउने कला जान्दछ, जीवनको गहिराइमा तैरिन र उचाइमा पुग्न सक्छ । त्यो मानिसले कहिल्यै सोध्ने छैन कि जीवनको लक्ष्य के हो ? उसलाई त जीवन नै प्रयाप्त हुनेछ ।’ दार्शनिक ओशो प्रेमका बारेमा भन्छन्– ‘प्रेम स्वभाव हो, सम्बन्धको कुरा होइन । प्रेम हो स्टेट अफ माइन्ड । प्रेम हामी भित्रै छ । प्रेम हाम्रो स्वभाव हो, जसलाई खोज्न कहीँ जानुपर्दैन । उनै सद्गुरु सेक्सको बारेमा भन्छन्– ‘सेक्स परमात्माको शक्ति हो । आनन्दको द्धार हो । मैथुनको समयमा मन विचार शून्य हुन्छ । सोही विचार शून्य अवस्था नै आनन्दको वर्षाको कारण हुँदो रहेछ र म भन्छु, जुन रसको अनुभूति सेक्सको समयमा हुन्छ, त्यो विनासेक्स पनि बर्सिन सक्छ । त्यो सूत्र हो ध्यान । त्यसैले म सेक्सको शत्रु हुँ । तर मेरो शत्रुताको अर्थ के होइन भने म सेक्सको निन्दा गर्छु । मेरो शत्रुताको मतलव के हो भने म सेक्सलाई रूपान्तरण गर्न चाहन्छु । सेक्सको निन्दा गर्ने होइन, बरु काम ऊर्जालाई राममा परिणत गर्ने हो ।’ धर्मको बारेमा उनको कथन छ– ‘तिमीभित्र जुन चेतना छ, त्यसको अविर्भाव नै धर्म हो । तिमीभित्र जुन बोध छ, त्यसकै प्रज्ज्वलित हुनु धर्म हो । धर्म आन्तरिक क्रान्ति हो । धर्मबाट निरपेक्ष हुनुको अर्थ हो, मानिस सत्यबाट निरपेक्ष हुनु । राजनीतिलाई धर्म निरपेक्ष बनाएकै कारण राजनीति झुटको खेती बन्न पुगेको छ ।’ उक्त अवसरमा चन्द्रमोहन जैन नामले बाल्यकालमा चिनिएका ११ डिसेम्बर १९३१मा भारतको मध्यप्रदेश, जवलपुरमा जन्मेका र १९ जनबरी १९९०मा देह त्याग गर्न पुगेका ध्यान, योग, प्रणायम र सशक्त विचारबाट विश्वलाई नै विउँझाउने एक महापुरुष दार्शनिक ओशोले मान्छेलाई सरल र सहज तवरले जिउने कला सिकाएका छन् भन्दै स्वामी ज्ञान खालिसले हिन्दू धर्मले सत्य, चेतना र आनन्दमय (सचितानन्द) मानेको हामी भित्रको विशाल ऊर्जाको नाम नै ओशो हो भने । हामीले जीवित सद्गुरुका रुपमा ओशोलाई पाएर धन्य भएको विचार स्वामी निर्दोषले राखे । हामीभित्रको आन्तरिक स्वभावको नाम नै ओशो हो भन्ने मत समेत सहभागीहरूले राखे ।

दार्शनिक ओशोले मान्छेभित्रको आनन्दलाई हाँसोको माध्यमबाट उपयोग गर्न सकिने कुरा समेत बताएका छन् । उनले परिस्थितिलाई हैन मनस्थितिलाई बदल्न र जीवनदेखि डरले भाग्ने हैन जाग्ने कुरा बताएका छन् भन्दै ओशो संयासी लीला दाहाल ओशोदृष्टि अघि सार्दै भन्छिन्– सद्गुरु ओशो भन्नुहुन्छ ‘हाँसोले तिमीलाई निर्मल बनाउँछ । तिमीलाई जीवन्त, ऊर्जावान् तथा सिर्जनशील बनाउँछ । हाँसो मानिसले प्रकृतिबाट पाएको सबभन्दा गहिरो औषधी हो । हरेक विहान जाग्नासाथ आँखा नखोलीकन पाँच मिनेट खित्का छाडेर हाँस । त्यसले पूरै दिन उत्सवमय बनाइदिनेछ ।’ उहाँ थप्नुहुन्छ– ‘गरिबी प्रकृतिको सिर्जन होइन । परमात्माले सम्राट मात्र जन्माउँछ । संसारमा गरिब कोही पनि छैन । सबैसँग अपार सम्पदा छ । तर मानिसको धारणा गरिब छ । मानिसको दृष्टि दु:खपूर्ण छ । दु:खपूर्ण दृष्टिबाट मुक्ति नै दु:खबाट मुक्ति हो ।’ ‘देवता कतै आकाशबाट आउँदैनन् । सबै यहीँ छन् । खास गरी हाम्रै वरिपरि नै मल्टी डायमेनसनल एक्जिस्टेन्स छ । एउटै विन्दुमा बहुआयामिक अस्तित्व छ । एउटै विन्दुमा त्यो सबै हुन्छ । तिमी आफूलाई देवतामा परिणत गर्न सक्छौ ।’

धेरै घुम्यौँ बाहिर हामी, अब भित्र फर्कौँ
आफू को हो चिन्नैपर्छ, भित्र दियो बालौँ ।

मृत्यु बारे उनी बोल्छन्– ‘मृत्यु छँदै छैन । मृत्यु एउटा झुट हो । मात्र भ्रान्ति हो । तिमी बच्चा थियौ, तन्नेरी भयौ । त्यो बच्चा कहाँ गयो ? मर्यो ? तन्नेरी थियौ, अब बूढो भयौ । त्यो तन्नेरी कहाँ मर्यो त ? जसरी मानिसको उमेरअनुसार रूप परिवर्तन हुँदै जान्छ, मृत्यु पनि रूप परिवर्तन मात्र हो । शरीरबाट आत्मा अलग हुने प्रकृया मात्र हो । शरीर पहिलेदेखि नै मृत हो, अब मृतको कसरी मृत्यु हुन्छ ? आत्मा अमृत हो । अब अमृत त कहिल्यै मर्ने कुरा आएन । भनेपछि यहाँ मृत्यु कतै छैन ।’

दिदीबैनी, दाजुभाइ, आउनुहोस ध्यान गर्न
बल्लबल्ल पाएको पो जीवन सफल पार्न ।

समाज रुपान्तरणको क्रान्तिको बारेमा ओशो कथन छ – ‘अहिलेसम्म हाम्रो के सोचाइरह्यो भने क्रान्ति दुईचार वर्षमै होस् । यो बेबकुफी हो । व्यवस्था र शासन बदलेर केही हुँदैन । मानिसको मन बदल्नुपर्छ । त्यसका लागि समय लाग्छ । क्रान्तिको नाममा हठात् सबै कुरा बदल्नेहरूले पहिला समाजको मन बदल्न सक्नुपर्छ । यदि कुनै मुलुक सय वर्षसम्म क्रान्तिकारी हुने हिम्मत जुटाउन सक्दैन भने उसले क्रान्तिको झन्झटमै पर्नु हुँदैन ।’ पाखण्डको बारेमा भन्छन्– ‘जो सहजताका साथ बाँच्छ, जसको कुनै आदर्श हुँदैन, जो आफ्नो स्वभावमा बाँच्छ, उसको जीवन पाखण्ड हुँदैन ।’ पुरुषस्त्रीको बारेमा भन्छन्–‘पुरुष एक प्रकारको सतह हो, जहाँ सक्रियता छ, आँधीतुफान छ । स्त्री एक गहन गहिराइ हो, जहाँ सबै मौन र शान्त छ । तर ख्याल रहोस् पुरुषको जुन सक्रियता छ, स्त्रीको त्यही गहिराइको माथिल्लो हिस्सा हो । त्यसैले म भन्छु, स्त्री केन्द्रमा छ, पुरुष परीधिमा छ ।’

हामी बेहोसीमै बोल्दा रहेछौ,
आँखा छोपेर हिँड्दा रहेछौँ ।
यो दुई दिनको जिन्दगीमा
हामी जालोमा पस्दा रहेछौँ ।

कहिले खुलेन आँखा हाम्रो
कहाँबाट आयौँ, कहाँ जाने हो,
को हौँ आफ्नु ठेगाना छैन,
किन यो जीवन व्यर्थ फालेको ?

हाम्रो होस खुलेको भए
यो हत्या र हिंसा किन ?
प्रेमको ढोका उघ्रेको भए
यो घृणा र सन्ताप किन ?

भोजनकलाको बारेमा भन्छन्– ‘भोजन गर्ने बेलामा तिमी भोजनलाई राम्ररी हेर, सुँघ । कुनै हतार नगर । भोजन ग्रहणलाई नै ध्यान बनाऊ । कसैले तिमीलाई पागल ठान्छन् भने ठान्न देऊ । खानालाई चारैतिरबाट ओल्टाइपल्टाई हेर । अनि आँखा बन्द गरेर त्यसलाई छोऊ । गालामा लगाऊ । हर प्रकारले खानाको महसुस गर । अनि थोरै मुखमा लेऊ र त्यसलाई धेरै बेरसम्म स्वाद लिई चपाऊ । त्यसको पूरापूरी स्वाद लेऊ । त्यस वेला तिमीलाई थोरै खाना पनि प्रयाप्त हुन्छ ।’ गुरुको बारेमा भन्छन्– ‘धर्मलाई नष्ट गरिदिए पण्डित एवं पूजारीले । ठिक के हो भन्ने जान्ने मान्छे अरुलाई लडाउँदैन । अनुयायीहरू पछि उभिएर सारा उपद्रव खडा गर्दिन्छन् । त्यसैले कोही कसैको गुरु हुनुहुन्न भन्ने मेरो ठहर छ । यसो भएमा दुनियाँमा कतै उपद्रव हुन्न । अनुयायीले झमेला खडा गर्छन्, संगठन बनाउँछन् । त्यसैले यो दुनियाँमा जति शिक्षक जन्मन्छन् उनीहरूले ख्याल गर्नुपर्छ कि कोही कसैका गुरु र कोही कसैका शिष्य नबनूँन् । अनि मात्र हिन्दू, जैन, क्रिष्चियन, इस्लाम बीच भएको मतभेद टुङ्गिन्छ । कुनै राम, कृष्ण, क्राइष्ट, बुद्ध, मोहम्मादहरूले कहिल्यै मतभेद ल्याएनन् । यी सब अनुयायीहरूले खडा गरेको चुनौती हो । मान्छेले स्वविवेकले काम गर्न सक्नुपर्छ ।’

आनन्द छ आफूभित्र बाहिर खोज्दा भेटिदैन,
धनपद जति जोड तृष्णा कहिल्यै मेटिदैन ।
ओशोको यही सन्देश बोकी उत्सव बाड्न आयौँ,
आफू को हो चिन्नैपर्छ, ध्यानदृष्टिले भित्र हेरौँ ।

२१ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरीआमाबुवा लगायत परिवारका सम्पूर्ण सदस्यलाई दीक्षित पारेका ओशोले परम्परागत सन्यासको प्रथालाई हटाएर नवसन्यासको अवधारणा ल्याएका थिए । मानिसलाई नीति सिकाउने हैन, प्रज्ञा दिएर आफ्नो बाटो विवेकको आँखा खोलेर प्रयोग गर्न प्रेरित गर्ने काम ओशोले गरेर मान्छेलाई होसपूर्ण जीवन जिउन सिकाए भन्ने विचार ओशोप्रेमी कृष्ण दाहालको थियो । ओशो विचार र देशनाको प्रचारप्रसारमा सक्रियता देखाइरहेका त्रिकोल गाविसका ओशोप्रेमी हेमशंकर यादव हिलोमा कमल फुलेझैँ चुनौतीमै जीवन फूल्ने कुरा बताउँछन् । ओशोके घुँघरु, ओशो प्रेमके गीत र कृष्ण भजन जस्ता तीन वटा भजन प्रकाशन गरिसकेका ओशो मधुवन माइधारका ओशोप्रेमी गणेश बराल ओशो धारा अंगाल्नेहरूले ओशोको नाममा राजनीति गरिरहेको आरोप समेत लगाए । गुरु ओशोलाई परमगुरुको दर्जा दिएर सिद्धार्थ, शैलेन्द्र र प्रियाले आफूहरूलाई सद्गुरु धोषणा गरेको कुरा समेत उनले वताए । करिव ६५० पुस्तक ५०भन्दा बढी भाषामा प्रकाशन गरिसकेका विश्वका सम्पूर्ण देशमा ध्यान केन्द्र रहेका सद्गुरु ओशो नै वर्तमान र भविष्यका लागि काफिरहेकोले ओशोको नाममा सद्गूरु कहलाउने अरु बनावटी गुरु यस समाजलाई आजसम्म खाँचो नपरेको विचार समेत उनले पोखे ।

कति दौड्न्छौ अति भो अब त होस संभाल
कत्ति सुत्छौ, युगौ वितिसके अब त जाग नजाग ।
तीर्थ गयौ अनि मन्दिर धायौ, शत्रु भित्र बनायौ
पूजापाठमा समय बितायौ, मानसम्मान बुझायौ,
तर खुलेन अन्तर चछु व्यर्थै जीवन गुमायौ ।।

व्यवस्था र शासन बदलिँदैमा क्रान्ति हुन्न । क्रान्ति हुनलाई मान्छेको मन रूपान्तरण हुनु आवश्यक छ । कालो मन भएका शासकहरूको हातमा देशको डाडूपैयु रहिरहने हो भने जस्तो व्यवस्था आए पनि सकारात्मक परिवर्तन केही हुँदैन । कथामा आपसी सद्भाव र छलफल गुमाई त्रास फैलाएर र मान्छेलाई डरपोक पारेर दशौं वर्ष पुराना भौतिक संरचना तोडी आफ्नो निहित स्वार्थ पूरा गर्न मान्छे उद्यत भएको भनी जनयुद्धप्रति कटाक्ष गरिएको पनि छ । साथै राजनैतिक नारा र जुलुसले मात्र मान्छेमा सांस्कृतिक रूपान्तरण नआउने कुरालाई पनि स्थान दिइएको छ । सांस्कृतिक क्रान्ति र रूपान्तरणका निम्ति पुराना संरचना बाधक छन् भने र ती भत्कँदा नै समाजको मन रूपान्तरण हुन्छ भने भत्कनुपर्छ । दुई पैसाको क्षति बेहोरेर बीस पैसाको लाभ मिल्छ भने दुई पैसाको क्षति बेहोर्न तयार रहनुपर्छ ।

नन्दलाल आचार्य

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 294
  • 933 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • appreciate
    3 days 13 hours ago
  • आभार
    4 days 9 hours ago
  • बहुत खुब कहिल्छि ।
    1 week 8 hours ago
  • आभार प्रकट गरे
    1 week 2 days ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    1 week 2 days ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    1 week 3 days ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    1 week 3 days ago
  • किताब राम्रो रहेछ । बधाई छ
    1 week 3 days ago
  • एकदम सान्दर्भिक
    1 week 3 days ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    1 week 3 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • समयकाे धुन
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • जन्मदिनको शुभकामना तिमीलाई
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • छोरीको जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना
  • यसै गरी मिलोस तिम्रो माया
  • विद्यार्थी हुँ म
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • म पानी हुँ
  • गजल ( बिर्सिएको छैन आमा )
  • हाम्रो बारेमा
  • भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
  • जुनेली रात
  • देशभक्त हुँ म
  • कुकुर
  • मिथिलाक किसान
  • महलकी रानी
  • जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
  • काली
  • कोरोना भाइरस
  • प्रेम पाप होइन
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • शुभ दिन बिहानीको
  • सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
  • हिँड्छु

Last viewed:

  • कस्तो यो प्रीत
  • कोबिड-१९ अनि मेरो लकडाउन
  • पर्दाभित्र
  • कोरोनाबाट सचेत बनौँ ।
  • यामदास घायल 'सन्तलाल'को गजल संग्रह 'कुहिरो भित्रबाट' विमोचित
  • रहर त रहरै हो
  • समर्पण
  • तिमी मुस्कुरायौ
  • नकटो
  • सहमति
  • समय छैन
  • पहाड उठेर आयो उसलाई गाली गर्न
  • नसम्झे मलाई
  • खाते
  • केही हाइकु (गैरो समुद्र)
  • मेरी उनी
  • राष्ट्रिय गजल (मेरो देश मलाई नै)
  • के भो र अचेल
  • कहिलेकाहीं म हाँस्छु
  • प्रगतिवादी साहित्यक यात्रामे एकटा नवका इतिहास: “मिथिला मुक्तिके संनेश”
  • कल्पनामा डुब्दा
  • हावा चल्यो पात हल्यो माया वरवर
  • अब यस्तो राजनिती गरिनु हुन्न
  • सम्झन डर लाग्यो
  • ख्याक
  • जीवन र संघर्ष
  • राजनीतिज्ञको फुर्सदिलो साहित्यिक यात्रा
  • हर्कबहादुर
  • मायालु सुगा
  • अलि कति ओठको रस
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित