Skip to content

तीन मुक्तक (के पाउदैछस् दैव)


सारा नेपालीका घरबास, उडाएर के पाउदैछस् दैव
हरेक पलपल सपना सारा, ढलाएर के पाउदैछस् दैव
हामी सबैलाई जवाफ चाहियो, ए निष्ठुरी निर्दयी दैव
यसरी दिनका दिन यो, भूमि हल्लाएर के पाउदैछस् दैव ।

कहिल्यै नबोल्ने त्यो ढुङ्गा पुजिन्छ यहाॅ अवीर मालाले
दीन दुःखी भोक-भोकै मरेका छन आज यहाॅ यस्तो चालाले
धर्म शास्त्रले नि भन्छ सेवा गर्नु नै धर्म कमाउनु हो भनेर
कलियुगमा त सान, सम्मान र माला पाउॅछ हुने खानेकै गालाले ।

पूर्खाले एक सुत्रमा बाधेको देश, आज खण्ड-खण्ड बनायौ क्यारे
विशाल अखण्ड मेरो मातृभूमिलाई, आज आठ भाग लगायौ क्यारे
बुद्धि बिग्रेका हाम्रा बुद्धिजीवी, विकासको साटो विभाजनमा लागे
एकजुट भएर अघि बढ्नु पर्ने बेलामा, आज देश टुक्र्याउन करायौ क्यारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *