मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

(If you're a human, don't change the following field)
Your first name.
  • Create new account
  • Request new password

बिधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनुवादित कथा
  • विज्ञान कथा
  • हाँस्य कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हाँस्य/व्यंग्य कविता
  • भक्ति कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचरात्मक निबन्ध
  • हाँस्य-व्यंग्य
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनैतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रबिधि समीक्षा
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • साहित्यिक समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • बिबिध भाषाका रचना
  • तामाङ् भाषी रचना
  • नेवारी रचना
  • मैथिली रचना
  • लिम्बु भाषी रचना

छिमेकीको छाता र छाडा छोराहरू

kbs — Sun, 07/27/2008 - 01:36

  • सामाजिक कथा
  • महेशविक्रम शाह
  • नेपाल साप्ताहिक

पल्लो घरको छिमेकीले एक दिन मलाई फोन गरेर भन्यो, "भोलि तपाईंको घरजग्गाको नक्सा र लालपुर्जा लिएर मकहाँ आउनूस् । नक्सामा जग्गा उल्टोपाल्टो देखिएकाले नयाँ नापी गराउनु पर्लाजस्तो छ ।" मैले 'हवस्' भनेर फोन राखिदिएँ । मैले उसलाई 'हवस्' त भनेँ तर त्यसपछि भने मलाई चिन्ताले गाँज्न थाल्यो । आफ्नो घरको छिमेकीप्रति मेरो सद्भावना हुनुपर्ने हो, हामीबीचको सम्बन्ध आत्मीय र प्रगाढ हुनुपर्ने हो तर दुर्भाग्यवश हामीबीचको सम्बन्ध असल छिमेकीबीच हुनुपर्नेजस्तो थिएन । म मात्र होइन, उसका वरपिरकिा अन्य घरहरू पनि उसको विचार र व्यवहारबाट पीडित थिए । नभोग्नुपर्ने सास्ती भोगिरहेका थिए । तिनीहरूमध्येको एक म थिएँ र मेरो घर थियो ।

ऊ आलिसान महलको मालिक थियो । वरपिरि ठूलो कम्पाउन्ड थियो । कम्पाउन्डभित्र फलफूलको बगैँचा थियो, जहाँ वर्षौभरि मीठा-मीठा फलहरू लाग्थे । घरका बार्दली, छत, गेट र कम्पाउन्डको पर्खालमा रङ्गीबिरङ्गी फूलहरू बाह्रैमास लत्रिरहेका देखिन्थे । महलभित्र नै एक सुन्दर, रमणीय र मनोहारी तलाउ थियो र तलाउको बीचमा एक जना महात्माको सालिक थियो । महलको दक्षिण भागमा एउटा टावर थियो, जसमा टेलिस्कोप र दूरबीन जडान गरएिका थिए । ग्रह, नक्षत्रको गतिको लेखाजोखा गर्न ती जडान गरिएको हो भनिएको थियो । पल्लो घरको छिमेकी छाताको विशेष सोखिन प्रतीत हुन्थ्यो । घरको छतमा र बगैँचामा थरीथरीका रङ्गीबिरङ्गी छाताहरू गाडिएका थिए । छाता बनाउने कालिगढहरू पालेर राखेको थियो उसले । छिमेकका एक-दुइ घरको छतमा समेत उसका छाता गाडिएका देखिन्थे । ऊ अनौठो स्वभावको थियो । उसले एउटा हिंस्रक सिंहलाई फलामको पिञ्जरामा थुनेर राखेको थियो। उसलाई जब छिमेकीका कुनै कुराहरूबाट चित्त बुझ्दैनथ्यो वा रसि उठ्थ्यो, तब उसको महलबाट सिंह गर्जेको आवाज सुनिथ्यो । सिंहको आकस्मिक र भयावह गर्जनले अरूजस्तै मेरो पनि सातोपुत्लो उठ्थ्यो ।

मलाई अचानक आएको उसको फोन पनि मेरालागि सिंहको गर्जनझैँ थियो । एक रोपनीमा बनेको मेरो घर र जग्गा ५० रोपनीसम्म फैलिएको उसको आलिसान महलका लागि किन र कसरी घाँडो बनिरहेको छ, मैले बुझ्न सकिरहेको थिइनँ । मेरो घरका केही विशेषता थिए । जस्तैः मेरो घर उसको आलिसान महलभन्दा उँचो भूसतहमा रहेको थियो, मैले चर्चेको जमिनमा एउटा प्राचीन प्राकृतिक पानीको धारो थियो, जसबाट अविरल रूपमा शीतल पानी बहिरहन्थ्यो । मेरो घर भूकम्प, आँधीबेहरी, मेघ र असिनावृष्टि र खडेरीबाट क्षत्रि्रस्त बने तापनि कहिल्यै ध्वस्त भने भएन । सदा सुरक्षित रहिरहन सफल भयो । मलाई चिन्ता लाग्न थाल्यो कि कतै त्यो छिमेकीले साँध-सिमानाको कचिङ्गल झिकेर मेरो यो पानीको धारो, अग्लो ठाउँमा ठडिएको घर र यसको प्राचीन इतिहासलाई हडप्न खोजेको त होइन ! मैले आफ्नी बूढीसँग आफ्नो चिन्ता व्यक्त गरेँ । मेरा कुरा सुनेर उनी पनि चिन्तित भइन् । तर, आफूलाई सम्हाल्दै उनले भन्न भूलिनन् कि हाम्रा यत्रा लाठे छोराहरू छन्, तपाईं किन चिन्ता गर्नुहुन्छ ?" मैले आफ्ना छोराहरूसँग छलफल गरेर समस्याको समाधान खोज्ने निर्ण्र्ाा गरेँ ।

मेरा छोराहरू मेरोअगाडि उपस्थित थिए । तिनीहरूको अनुहार हेर्दा लाग्दैनथ्यो कि तिनीहरू कुनै समस्याको पूर्वानुमान गरेर आएका छन् । बरु बाबुले बुढेसकालमा पैतृक सम्पत्तिको भागबन्डा गरिदिन बोलाएको हो कि भन्ने आशामा थिए तिनीहरू । मैले समस्याको पोको खोल्दै भनेँ कि, "पल्लो घरको छिमेकीको नियत खराब छ । ऊ साँध-सिमाना मिचिएको निहुँमा हाम्रो घरजग्गा हडप्न चाहन्छ । जग्गाको नक्सा र लालपुर्जा लिएर आउन भनी उसले मलाई टेलिफोनमा जनाउ दिएको छ ।" मैले पालैपालो सबैका अनुहार नियालेँ ।

"जग्गाको नक्सा र लालपुर्जा लिएर आउनु भन्दैमा आत्तिनुपर्ने के अवस्था छ र बा ! आखिर उनी हाम्रा राम्रा छिमेकी हुन् । हामीलाई गाह्रोसाह्रो परेका बेला काम लाग्छन् ।" छोरो नं १ अथवा जेठो छोरो बोल्यो । छिमेकीप्रति सदासयता देखाउँदै बोल्यो ऊ । ऊ सानो छँदा छिमेकीको छोरोसँग छिमेकीकै आँगनमा साइकल कुदाएको हो उसले । ऊ कहिलेकाहीँ मलाई नै शब्दको झटारो हान्ने गर्छ कि पल्लो घरको अङ्कल नभएको भए सायद ऊ बालककालमै साइकल कुदाउन सक्ने थिएन । उसलाई पछि आफ्नो मोटर दिएर ड्राइभिङ् सिक बेटा भन्ने पनि तिनै छिमेकी हुन् ।

"के गरौँ त छोरा -" मैले उसलाई फेरि सोधेँ ।

"पटक-पटक अङ्कलको गाडी मागिराख्नुपर्छ बुबा !" उसले भन्यो ।

छोरो नं १ बाट हरेस खाएर म छोरो नं २ अर्थात् माहिलो छोरोतिर उन्मुख भएँ । ऊ मलाई नै हेररिहेको थियो । यो छोरोबाट केही समाधान निस्की हाल्छ कि भन्ने आशा पलायो मेरो मनमा ।

"त्यो छिमेकी अङ्कल मान्छे त अप्ठ्यारै हो तर लालपुर्जा नै हडप्लाजस्तो त मलाई लाग्दैन बा ! उनलाई के कमी छ र - त्यत्रो ठूलो बगैँचा छ, बगैँचामा बाहैमास मीठामीठा फलहरू लाग्छन् ।"

मलाई राम्रैसँग थाहा थियो कि ऊ यसो किन भनिरहेको थियो ? ऊ घूसघूसे, मनभित्र एउटा कुरो राख्ने र बाहिर अर्को कुरो देखाउने प्रवृत्तिको थियो । उसको यो बानी सुधार्ने प्रयास नगरेको होइन मैले । छिमेकीसँग लोलोपोतो गरी उसको बगैंचामा नै गएर मीठामीठा फल चाख्ने र गोजीमा समेत भरेर कोठामा ल्याई लुकाउँथ्यो ऊ । घरमा आएपछि मलाई भन्ने गथ्र्यो कि छिमेकी अङ्कलले उसलाई मीठो फल खाएर जा भनेका थिए तर उसले खान्न भनिदियो । उसको कुरा सुनेर मलाई हाँसो उठ्थ्यो । सायद फलको रसको स्वाद बाँकी नै थियो उसको ज्रि्रोमा, त्यसैलै ऊ प्रकट रूपमा छिमेकीविरुद्ध बोल्न हिच्किचाइरहेको थियो ।

यी दुइ छोराहरू जो अन्य छोराहरूभन्दा उमेरले र अनुभवले पनि जेठा र पाका थिए, आफ्ना बा, आमा र आफ्नो पुख्र्यौली घरमाथि छिमेकीले गर्न लागेको हस्तक्षेपका विरुद्ध बोल्न नचाहेकामा मलाई उदेक लागेर आयो । हामी मरेर गएपछि यो घरको के गति होला भन्ने पीरले मलाई पिरोल्न थाल्यो । कतै हाम्रो घरको नियति पनि ऊ त्यही पल्लाघरे सुकबहादुरको झैँ हुने त होइन । सुकबहादुर जसको घर मेरो घरसँगै जोडिएको थियो, नालायक छोराहरूको बदमासीले त्यही छिमेकीको कम्पाउन्डभित्र गाभिन पुग्यो । सुकबहादुर जसले आफ्नो घर र जग्गा छोराहरूको नाममा अंशबन्डा गरिदिएका थिए, ती छोराहरूले त्यो घर र जग्गा छिमेकीको नाममा राजीनामा पास गरिदिएका थिए । आफूहरू भने छिमेकीको कम्पनीका जागिरे बनेका थिए । सुकबहादुरका बूढाबूढी भने केही समयसम्म पागलजस्ता बनी भौतारिएर अलप भएका थिए ।

मैले अझै आशा नमारेर छोरो नं ३, छोरो नं ४, छोरो नं ५ र छोरो नं ६ सँग पनि मनको बह पोखेँ । "जेठा र माहिलालाई कुनै सरोकार छैन भने हामीले मात्र किन टाउको दुखाउनु बा !" छोरा नं ३ ले भन्यो । ऊ सानैदेखिको जिद्धी स्वभावको थियो र खालि जेठो र माहिलोको आरसि गर्ने र कुरा लगाउने गथ्र्यो ऊ । मैले उसको आश मारेँ । मैले छोरा नं ४ तिर दृष्टि फ्याँकेँ, "छिमेकीकी नातिनी मेरी छोरीकी साथी हो बा ! तपाईंकी नातिनी हरदम उसको साथीको घरमा हुन्छे । ऊ त्यहाँ कम्प्युटर खेल्छे, स्विमिङ् गर्छे स्किइङ् गर्छे ब्रेकफास्ट, लञ्च र डिनर पनि प्रायः त्यहीँ गर्छे छिमेकीले पनि उसलाई आफ्नी नातिनीसरह मान्छन् । म कसरी उनका विरुद्ध जान सक्छु बा !" उसले आफ्नो हात मल्दै भन्यो ।

छोरो नं ५ र छोरो नं ६ को जवाफ पनि अन्य छोराहरूको विचारसँग मेल खान्थ्यो ।

"हाम्रो यो सानो परविारलाई यो चौबीसै घन्टा बगिरहने पानीको धारो किन चाहियो र बा ! उनले मागेका छन् भने दिए हुन्छ, खाली आँगनमा पानी जमेर हिलो मात्र भएको छ । अङ्कलले हामीलाई चाहिएको बेला कोकाकोला र पेप्सीकोला खुवाउलान् नि बा ! किन चिन्ता गर्नुहुन्छ -" यी दुइ छोराका कुरा सुनेर भक्कानो छोडेर रुन मन लाग्यो मलाई । हे इश्वर ! यो समयको दोष हो वा मेरी बूढीको गर्भको दोष हो भन्दै मनमनै बिलाप गर्न थालेँ म ।

छोरो नं ७ अथवा कान्छो छोरो अलि पर गमक्क परी बसेको थियो । अरू छोराहरूभन्दा ऊ अलि भिन्न प्रकृतिको थियो । सानैदेखि ऊ व्रि्रोही स्वभावको थियो । स्कुलमा पढ्ने बेलादेखि नै ऊ जीवनको यथास्थितिमा परविर्तन हुनुपर्दछ भन्थ्यो । उसले हामीहरूको पुरानो घर भत्काएर नयाँ ढाँचाको घर बनाउने प्रस्ताव राख्यो । उसको यस प्रस्तावसँग अरू छोराहरूले असहमति जनाएपछि अन्य भाइहरूसँग उसको ठाकठुक पर्‍यो र ऊ घर छोडेर निस्क्यो । करबि एक दशकपछि सबै भाइहरू मिलेर घरलाई नयाँ रचनामा ढाल्ने सहमति भएपछि ऊ घर फर्केको थियो । मैले आशालु दृष्टिले कान्छो छोरोको अनुहारमा हेरेँ ।

"छोरा अब तँ मात्र एक जना बाँकी छस्, जसप्रति मेरो भरोसा छ । त्यो छिमेकी जसलाई तँ पहिले ठालू भन्थिस्, त्यसले तेरो बालाई नदिने दुःख दियो ।"

"बा तपाईंलाई एउटा गोप्य कुरा थाहा छैन सायद," उसले भन्यो ।

"के कुरा हो बाबु !" मैले ब्याकुल हुँदै सोधेँ ।

"म जब घरबाट भागेको थिएँ नि, मेरो धेरैजस्तो समय ती छिमेकी अङ्कलको घरमा नै लुकेर बितेको थियो । उनले नै मलाई खुवाइपियाई राखेका थिए ।" उसले रहस्यको पेटारो खोल्दै भन्यो ।

"हँ, के भन्छस् तँ !" निमेषभरमा नै खङ्रङ्ग भएँ म ।

"हो बा उनी अब ठालू रहेनन्, उनी मजस्तो र्सवहाराको अभिभावक हुन् । मैले उनीसँग एक जना अभिभावकसँग गर्ने व्यवहार गर्नुपर्दछ, बा !" यति भन्दै ऊ मुसुक्क मुस्कुरायो । घरसँगसँगै उसले आफूलाई पनि नयाँ ढाँचामा ढालिसकेको थियो ।

छोराहरू छाडा भइसकेछन् । यिनीहरूलाई आफ्ना बा-आमा र आफ्नो घरको कुनै सरोकार रहेनछ । मलाई डाँको छाडी रुन मन लाग्यो । छोराहरूबीच पनि आ-आफ्नो अस्तित्त्वलाई लिएर विवाद सुरु भयो । अचानक कसैले ढोका ढकढक्यायो । मैले सशङ्कित बन्दै ढोका खोलेँ । ढोकामा एउटा मान्छे उभिएको थियो । मलाई ऊ चिनेचिनेझैँ लाग्यो तर ठ्याक्कै ठम्याउन भने सकिनँ ।

"म पल्लो घरको छिमेकीको खास मान्छे हुँ । तपाईंको घरभित्रबाट आइरहेका नानाथरी आवाज सुनेपछि तपाईंहरूको घरभित्रको झगडा मिलाउन मालिकले पठाउनुभएको हो ।" यति भन्दै ऊ ढोकाभित्र प्रवेश गर्‍यो । उसको हातमा ठूलो र आकर्ष छाता थियो । त्यो छाता छिमेकीको छत र बगैँचामा गाडिएका छाताहरूझैँ थियो । उसलाई देखेर छोराहरूको अनुहारमा आर्श्चर्यमिश्रति खुसी देखियो । तर, म भने उसको उपस्थितिमा खुसी हुन सकिरहेको थिइनँ । बाहिर पानी पररिहेको थिएन तर उसको हातमा छाता देखेर म विस्मित बनेको थिएँ ।

"यो छाता -" मैले उसको अनुहारमा हेर्दै भने ।

"हो, यो छाता हो । सुरक्षा छाता । मालिकले पठाउनुभएको " उसले छातातर्फ हेर्दै भन्यो ।

"किन - कसलाई पठाएको -" मैले प्रश्न गरेँ । "तपाईंहरूलाई दिनु भनेर पठाउनुभएको हो ।"

"उहाँको भनाइ अनुसार यो छाता जसले ओढ्छ, यस घरको हकदार पनि उही हुन्छ ।"

"कसरी -" म अचानक जोडले चिच्याएँ ।

पल्लो घरको छिमेकीको मान्छे हातमा छाता समातेर उभिएको छ र मेरा छाडा छोराहरू बाबुआमाको इज्जतमा दाग लगाउँदै त्यो छाता ओढ्न छिमेकीको मान्छेवरपिरि चक्कर माररिहेका छन् । छिमेकीको मान्छे खितखिताउँदै हाँसिरहेको छ ।

"...ल ...ल ...दौड, दौड... अँ... उप ...उप ...छाताभित्र पर्नैलाग्यौँ ...ल ...ल ...फेरि उप... यसरी कहाँ हुन्छ र ...छाताभित्र नै आउनुपर्‍यो नि...।" मेरा छोराहरू छाता ओढ्न घम्साघम्सी गररिहेका छन् । छाता ओढ्न गएको एक जनालाई अर्कोले समातेर बाहिर हुत्याइरहेको छ । छाता ओढ्ने जिजीविषामा आफ्नो एक छोरोले अर्को छोरोको गर्धन अँठ्याएर पर हुत्याइरहेको लज्जास्पद, भ्रष्ट, बीभत्स र अमानवीय दृश्य हेररिहेका हामी तिनका बाआमाहरू पुर्खादेखि जगेर्ना गर्दै आएको आफ्नो घरजग्गाको सुरक्षित भविष्यप्रति चिन्तित हुँदै भक्कानो छोडी रुन थाल्छौँ ।

छिमेकीको छाता ओढ्न तम्तयार छाडा छोराहरूको विकल्पमा नयाँ सन्तानलाई जन्म दिन फेरि एकपटक हामी बूढाबूढी गर्भाधानका लागि तयार हुनुपर्ने हो कि ? सोच्न बाध्य भएका छौ ।

नेपाल साप्ताहिक
अंक ३००

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 8
Tweet

Katha Deshako Paristhitisanga

अतिथि — Sat, 05/22/2010 - 11:24

Katha Deshako Paristhitisanga Ekdam mel khane khalako chha. Baristha kathakar mahesh Bikram dai prati hardik kritagyata. Hamra netaharulai nai ek patak yo katha padhaunu parla.

  • reply

बेजोड (छिमेकीको छाता र छाडा छोराहरू)

kbs — Thu, 02/17/2011 - 12:19

कथा बेजोड छ । प्रतीकात्मक प्रस्तुतिमा गहन छ ।

  • reply

Post new comment

(If you're a human, don't change the following field)
Your first name.
The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • गोविन्द बहादुर मल्ल 'गोठाले'
  • भीम बिराग
  • प्रेम ओली
  • बिबेक दुलाल क्षेत्री
  • भावना सुब्बा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • dherai ramro gajal chha
    22 hours 20 min ago
  • Nice
    2 days 3 hours ago
  • a sound poem!
    5 days 16 hours ago
  • अर्को एउटा वजनदार शब्द -
    5 days 16 hours ago
  • यो ऐना रहेछ, यहि मृत समाजका
    5 days 16 hours ago
  • साहित्यिक यात्रामा फूल र काँडाहरू
    5 days 17 hours ago
  • ramro
    5 days 18 hours ago
  • Nice !
    5 days 22 hours ago
  • तीता पलका बारेमा
    6 days 21 hours ago
  • तपाईको गजल राम्रो लाग्यो
    6 days 21 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • पाणिनि र पणेना
  • लाजको लाली
  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • मलाई माफ गरिदेऊ
  • इन्फोसिसमा प्रचण्डका पाइला
  • हजार सपनाहरूको माया लागेर आउँछ
  • बिहान
  • पिउँदै नपिउने मान्छे
  • जुनी काट्नु - एउटा बाजी
  • सानै हुरीमा वैशको सपना
  • जेठको गर्मीमा एउटी स्त्री
  • म एक पात्र हुँ
  • गरुँ कि मिठो भूल
  • हङकङ पोखरा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • हाम्रो बारेमा
  • सडकबासी
  • सम्बन्धका दूरी
  • शनिबारको दिन बिहानी पख
  • नातिनीसँगको संवाद ?

Last viewed:

  • उदास मेरो जीवन कथा
  • यो साँझा यो रात
  • देखाई दिनुस
  • कसरी भनूँ म मनको कुरा यो
  • नैतिक उपचार
  • 'गीत-गंगा' र तुहिएको सपना स्वर सम्राट नारायण गोपालको शब्द-सम्झना
  • क्रान्तिकारी
  • बाटो बन्द भएपछि
  • मायाको सागरमा
  • अन्धकार अनन्त
  • बहारसँगै उँड्यो मन
  • आस्थाको दीयो
  • मेरै देशमा जन्मे बुद्ध
  • उज्यालोको एकालाप
  • नदीकिनारमा
  • भुत्ते हतियार
  • "एकान्तका आफन्ताहरु ।।।।"
  • भित्तामा टाँगिएको तेलचित्र
  • आगोको ज्वाला
  • कार्यालय
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित