Skip to content

तिम्रो घरमा मिठो


तिम्रो घरमा मिठो, हाम्रो घरमा नमिठो, भात एउटै न हो
निदाउछौ तिमी पलङमा, हामी गुन्द्रीमा, रात एउटै न हो

समयको खेल नै हो, परिवर्तन हुन्छ कुनै दिन त साथी
जुनसुकै भाषा बोल तिमी, अर्थ लाग्ने बात एउटै न हो

केही देख्दिन फरक म त, तिमी हामीमाथि यहाँ
जतिनै छुट्ट्यौ वर्ण धर्म, महिला पुरुष जात एउटै न हो

कुनै बेला रङ्गिन हुन्छ जीवन, कुनै बेला सादा बन्छ
फुल्छ झर्छ फूल सधैं तर, हरियो त पात एउटै न हो

जब मन दु:खछ आसु झर्छ, नरमाइलो लाग्छ सधैं
त्यसैले त भन्दै छु म, हामी सबैको घात एउटै न हो

रन्जना न्यौपाने
चरिकोट, दोलखा

1 thought on “तिम्रो घरमा मिठो”

  1. पछिल्ला चार पङ्क्तीहरु केही
    पछिल्ला चार पङ्क्तीहरु केही कमजाेर देिखए अघिल्लाहरुकाे तुलनामा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *