Skip to content

झुटको पर्दाफास पछि


झुटको पर्दाफास पछि
तिम्रा हरेक शव्दहरू
बुट्टा कोरेर लेखिएका
महाकाव्य जस्तो लाग्छ
पानीमा लेखिएको शव्दवर्ण
एक क्षणमा हराएर जाने
हावा हुण्डरीभन्दा
कम छैन जस्तो लाग्छ

झुटको पर्दाफास पछि
तिमीले बोलेका बोलिहरू
गोठालो जादा रामेले
बाघ आयो गुहार भन्दै
अन्य गोठालाहरूलाई
तर्साएर भगाएको
मिठो कथा जस्तो लाग्छ

झुटको पर्दाफास पछि
तिमी हिडेका बाटोहरू
फगत एक स्वार्थका निम्ति
ठमेलका गल्लीहरूमा
चकमन्न अँध्यारो रात छल्दै
लिपिष्टिक अनि पाउडरले
आफूले आफैलाई नचिन्ने वनाइ
एक कुनामा बसी ग्राहकको इन्तजारमा
रात छिप्पिदै जादा मोल घट्दै जाने
नगरवधुको पाइला जस्तै लाग्छ

झुटको पर्दाफास पछि
तिम्रा हरेक शव्दहरू
बुट्टा कोरेर लेखिएका
महाकाव्य जस्तो लाग्छ

२३ जुलाई २०१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *