Skip to content

मुक्तककाे छोटो परिचय


कविताका धेरै रुपहरुमा मुक्तक पनि एक हाे । मुक्तक शब्दको अर्थ ‘आफै‌मा पूर्ण‘ अर्थात् ‘अन्य कुराहरुबाट निरपेक्ष रहेकाे भन्ने अर्थ हुन सक्छ । अत: मुक्तक कविता विधाको त्यो रुप हाे जसकाे कसैसँग पूर्वापर सम्बन्ध हुँदैन । प्रत्येक मुक्तकले आफै‌मा स्वतन्त्र र पूर्ण अर्थ दिन्छ ।संस्कृत काव्यका परम्परामा मुक्तक शब्द सर्वप्रथम नवौ‌ शताब्दीका आनंदवर्धनले उपयाेग गरेकाे पाइन्छ । यस अघि यसबारे कसैले थाहा पाएका थिएनन् भन्ने अाशय याे नभए पनि उनी भन्दा अघिका अरु अाचार्यहरले यसकाे प्रयाेग गरेकाे भेटिदैन । तर ‘अग्निपुराण‘मा भने यसकाे प्रयाेग भएकाे छ ।

”मुक्तकं श्लोक एवैकश्चमत्कारक्षम: सताम्”

यसकाे तात्पर्य हुन्छ चमत्कार दिन सक्ने क्षमता भएकाे एकै श्लोक मुक्तक हाे । राजशेखरले पनि यसकाे केही मात्रामा चर्चा गरेका छन् । अानन्दवर्धन ध्वनिलाइ महत्व दि‌दै मुक्तकमा रस समाविष्ठ हुँदै प्रतिष्ठित हुन्छ जसकाे अाश्रय कविहरुले लिन सक्छन् भनेका छन् ।

”तत्र मुक्तकेषु रसबन्धाभिनिवेशिन: कवे: तदाश्रयमौचित्यम्”

हेमचन्द्रले मुक्तक शब्दका ठाउमा मुक्तक इत्यादि भनेर मुक्तकादि शब्दकाे प्रयोग गरेकाे पाइन्छ । उसले दण्डिकै परम्परालाइ मानेर यसकाे अर्थ दिएका छन् । उनले के भनेका छन् भने जुन कसैबाट निबद्ध हुन्न त्यही अनिबद्ध नै मुक्तकादि हो ।

वास्तवमा मुक्तकभित्र प्रबन्ध काव्यमा जस्तो रसकाे वा भावकाे स्रोतस्वीनी धारा हुन्न । यसमा ता रसकाे एक थाेपा मात्र रहेकाे हुन्छ जसमा पाठककाे हृदय क्षणिक रुपमा अाल्हादित वा पुलकित हुन्छ । तुलना गर्ने हाे भने प्रबन्ध काव्य भनेकाे एक राम्रो बगै‌चा हाे भने मुक्तक चाहि‌ फूलकाे गुच्छा मात्र हाे । यसमा पूर्ण जीवन जगत् वा कुनै कुराकाे पनि पूर्णताकाे प्रदर्शन वा चित्रण हुन सक्तैन । वास्तवमा एक सामान्य र विशिष्ठ रुपकाे जीवनकाे कालखण्ड मात्र यसले देखान भ्याउँछ । जुन खण्डकाे बाेध पाठकमा क्षणिक रुपमा भए पनि मन्त्रमुग्ध हुन सक्छ । यसैले कविहरुले यसलाइ अत्यंत संक्षिप्त र सशक्त रुपमा प्रस्तुत गर्नु पर्छ ।

मुक्तक कविता विधाकाे त्याे सानाे रुप हाे जसमा पूर्वापर सम्बन्ध नभईकन नै द्रूत गतिबाट भावलाइ साधारणीकरण गर्न सक्ने क्षमता हुन्छ । छोटो हुनु अाफै‌मा परिपूर्ण हुनु पूर्वापर सम्बन्ध विना नै चामत्कारिक एक झिल्के बिम्ब झल्काउनु र पाठक वा श्रोतालाइ मन्त्रमुग्ध गर्नु यसकाे काम हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *