Skip to content


मुन्नी र चुन्नी को खुब प्रतिष्पर्धा चल्थ्यो। मुन्नी छ वर्षकी थिई, चुन्नी पाँचकी। दुवै सहोदर बहिनी हुन। जस्तो घाँघर मुन्नीलाई आउँथ्यो, त्यस्तै चुन्नीलाई। जस्तो गहना मुन्नीलाई बन्थ्यो, त्यस्तै चुन्नीलाई। मुन्नी ‘ख’मा पढ्थी, चुन्नी ‘क’ मा। मुन्नी पास भई, चुन्नी फेल। मुन्नीले प्रार्थना गरेकी थिई कि यदि ऊ पास भई भने महावीर स्वामीलाई मिठाई चढाउँछे। आमाले उसको लागि मिठाई मगाउनुभयो। चुन्नीले उदास भएर आमाको कानमा बिस्तारै सोधी, “आमा के जो फेल हुन्छन, उसले मिठाई चढाउँदैन?”

बच्चीको यो सरल प्रश्नले आमाको हृदय तरङ्गित भयो। “किन नचढाउनु छोरी,” यसो भन्दै आमाले उसलाई आफ्नो हृदयमा टाँस्नुभयो। आमाले चुन्नीलाई पनि मिठाई मगाइदिनुभयो।

जतिबेला चुन्नी मिठाई चढाउँदै थिई त्यसबेला उसको अनुहारमा सन्तोषको भाव थियो, मुन्नीको अनुहारमा ईर्ष्याको, आमाको अनुहारमा विनोदको भाव र देवताको अनुहारमा लज्जाभाव देखिन्थ्यो।

हरिवंश राय बच्चन – १९३२, सरस्वतीमा प्रकाशित लघुकथा “चुन्नी–मुन्नी”को नेपाली अनुवाद
अनुवादकर्ताः एकदेव अधिकारी
अनुवाद मितिः २०१५ अगस्त ४

4 thoughts on “चुन्नी-मुन्नी (अनूदित लघुकथा)”

  1. कस्तो मिठो एवम् सरस लघुकथा
    हिन्दी पनि पढें र तपाईंको अनुवाद पनि दुबै उत्तिकै राम्रा लागे । तपाईंले वाक्यवाक्य अनुवाद गर्नु भएको रहेछ, “आमाको हृदय गद्गद भयो।” अलिक नमिले हो कि “तरङ्गित भयो” लेख्द मिल्छ कि ? अनी अर्को ठाउँमा “किन नचढाउनु छोरी,” को सट्टा “किन चढाउन नहुनु छोरी” लेख्दा पो मिल्दो हुन्छ कि हिन्दीसँग ।

    1. धन्यवाद अाविष्कार जी। यहाँको
      धन्यवाद अाविष्कार जी। यहाँको पहिलो सुझाव मननयोग्य छ। दोश्रोको बारेमा मैले पनि त्यहि सोचेको थिएँ तर मैले पढेको लघुकथामा “नहीं चढाता” र “चढाता क्यों नहीं” थियो र यसो गरेँ। तर कथाको भाव अनुसार हुनु पर्ने चाहिँ चढा नहीं सकता र क्यों चढा नहीं सकता हुनु पर्ने थियो सायद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *