Skip to content
paban

मेराे सपनाकाे राजकुमारलाई
दिनु भनेर राखेकाे फूल
कसैले छाेई दियाे भने
कम्ता दुख्दैन याे मन ।।

अचेल तिमी हँिड्ने बाटाेमा
छमछम पाउजु बजाउँदै
हँिड्न पनि डर लाग्छ
हाे मलाई बिरालो देख्दा पनि डर लाग्छ
डरले मैले धेरै चाेटि सु गरि देकाे छु
अामाले किनी देकाे फरियामा
किनकि अचेल बिरालाे बाघ बनेकाे छ
स्याल जङ्गलकाे राजा बनेकाे छ ।।

हेर त !
यहाँ स्वतन्त्र न हिजाेेे थ्याे, न अाज छ,
न त भाेलि हुन्छ, न कुनै शताब्दीमा नै हुन्छ ।।

राजकुमार तिमी कहाँ छाै
मलाई हेरिरहेका त छाै
सगरमाथामा उभिएर ।।

म अाफ्नै शरीरकाे के बखान गरूँ
मनै त हाे वटुवाकाे पनि
याैटा फक्रदै गरेकाे फूल देख्दा
अाेठभरि हाँसाे बाेकेर
स्पर्श गर्छ
टाढाबाट वा छाेएर
मेराे बास्नाले
यात्रीहरू चाेरी अाैँला र बुढी अौँला
जुगाझैँ तन्काउँदै खुम्चाउँदै टपक्क टिप्न सक्छन्
अलिकति भय बाेकेर
अलिकति खुसी बाेकेर ।।

अाे ! राजकुमार मलाई तिमी मन पर्छ
तिम्राे चिम्सा अाँखा मन पर्छ
पातलाे अाेठ, सुरिलो बाेली
खुम्रिएकाे कपाल
सबसब मन पर्छ मलाई
त्यसैले मेराे सपनाको राजकुमार
तिमी अब सपनामा हैन विपनामा अाउ
म पर्खिरहेको छु चाैतारीमा जूनलाई हेरेर
याैटा राताे फूल तिमीलाई उपहार दिन
किनकि मलाई यस्ताे लाग्छ
जून बनेर तिमी हेरिरहेका छाै मेराे अाँखा र भरिलाे याैवन ।।

म लुटिन चाहन्छु तिम्राे हातबाट
याे शरीर हाजिर छ ।।

अाज सम्म त छुपाएर राखेकाे छु याैवन
जबकि म बाटाे हिँड्दा
मलाई देख्नेहरू भन्न सक्छन्
वाह ! कति सुन्दरी क्लियाेप्रेटा जस्तैे
हँसाई ठ्याक्कै एन्जिलाजाेली जस्तै
राजकुमार ! यदि मेराे बखान गर्नेहरू
ममाथि बाघलेझैँ झम्टेर अाए भने नि
मेराे हालत के हाेला बुझेका छाै ?
यतिबेला मलाई अाफ्नै जिन्दगी
बेग्र लागेकाे छ ।।

कुनै तापकाे स्पर्शले नाैनी घ्यू पक्लिएझैँ
म पग्लिएर मेराे शरीरको
कुनै न कुनै अंगकाे पाटपुर्जाकाे साना अाकारहरू बद्लिने छ
म जुठाे कस्याैडी हुनेछु
हुनेछु कुमारीत्व गुमाएकाे मान्छे
भन त ! म त्यतिबेला के गरूँ
मरूँ या बाँचु फैसला तिम्राे हृदयकाे
अदालतले गर्न सक्छ ?
विश्वास छैन मलाई याे समाजकाे
अनि समाज भन्दा बढी तिम्राे
किनकि तिमी पुरुष हाै
तिम्राे ज्ञानेन्द्रियले पनि
मलाई बिग्रएकी केटी सम्झन सक्छ ।।

म र लज्जावती फूल उस्तै हाैँ
कसैले छाेए अाेईलन्छाैे
कसैले मलजल गरे
हलक्कै बढेर अाउछाै
अनि समयकाे पछिपछि खुइलिँदै जान्छाै ।।

म फूल हुँ तिमी भमरा हाै
धित नमरुञ्जेल पल्टाई पल्टाई हेर
तिमी मेराे जिन्दगीकाे खेलाडी हाै
नथाकुन्जेल खेेल
मेराे बास्ना लिनु सुँघेर
मलाई तिमी जस्तै सन्तान जन्माउनु छ
तर मेराे बिन्ती छ राजकुमार
मलाई प्रयोग गरेर नफाल्नू
गन्ध मैला थुपार्ने कन्टेनरमा ।
राजकुमार म चाहन्छु हामी बस्ने घर
ताजमहल जस्ताे हुनु हुँदैन
मैले लगाउने कपडा
मिनिस्कट हुनु हुँदैन
हातमा लगाउने चुरा
फलामकाे हुनु हुँदैन
मैले लगाउने कपडा चाैबन्दि र फरिया हाेस्
राजकुमार म याैटा चिज माग्छु
तिम्राे चाेखाे माया
ताकि तिम्राे मायाले म बाँच्न सकु
यही हाे मेराे सपना र सपनाकाे घर
जहाँ सासु ससुरा नन्द अामाजु देवर जेठाजु सबैसबै हुन्
मलाई माया गर्ने
अनि मलाई बुझ्ने श्रिमान् पनि ।।
*****
बेथान- ४ रामेछाप

Leave a Reply

Your email address will not be published. Required fields are marked *