Skip to content

विपतीमा कसैले बास दिएन


विपतीमा कसैले बास दिएन
याे सरकारले राहत खास दिएन ।।

प्रभुकाे महिमा गाएर के पाएँ
ईश्वरले पनि बाँच्ने अास दिएन ।।

भूकम्पले अाज सर्वनाश गरायाे
उद्दार गरी अामाकाे पास दिएन ।।

कस्ले दया गरे र खुसी हुनु म
लाससम्म नि बाेक्ने बाँस दिएन ।।

धरहरा नभए के अापत्ती छ
अाफ्नै त छाेराकाे लास दिएन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *