मुस्कुराउदा तिमी अचेल वसन्तको फूल लाग्छ
सपनीमा नदेख्दा नि मेरै ठुलो भुल लाग्छ
बिहानीको शीत बनी घामसँगै उदाउदा
दुई मुटु माया जोड्ने आँखा पनि पुल लाग्छ
वैँश फक्री शरिरबाट सुगन्धको सुवास आउँदा
संसार सारा बिर्सिदिन्थे मंगमगाउने राग आउदा
जल्छ सारा यो दुनिया तिम्रै रूप हेर्दा खेरि
अप्सरा नि डाहा गर्छन् तिम्ले बस्त्र फेर्दा खेरि
अदर हाँसो मुस्कान अनि नसालु ती नयन तिम्रो
शब्द छैनन् बर्णन गर्न पुग्दैनथ्यो बयान तिम्रो
शब्द रचना – रामकृष्ण पौडेल “अनायास”
गजलकुन्ज