Skip to content

मनावता नै धर्म हो भने धर्मको नाम्मा राजनिती बन्द गरौ

अधिकार माग्नेलाई गोलि संविधान माग्नेलाई भोलि !! दश वर्षे जनयुद्धले गणतन्त्र ल्यायो एक छिन गनायो हरायो दश हजार सहिदको सपना दश दिन पनि टिकेनन् ।
भनाइ सबैको एउटै छ हामि सबै नेपालि हौ तर नेपालि पिच्छेको बिचार फरक फरक छन् । किन कि देशै यस्तो देश हो जाँहा एक भाषा हैन एक धर्म हैन एक जात हैन बहु भाषिक बहु धार्मिक बहु जातियको बसोवासले सजिएको देश हो नेपाल ! तर एक धर्मले अर्को धर्मको सम्मान गर्दैन भने त्यो के धर्म ? एक जातले अर्को जातको सम्मान सम्बोधन गर्दैन भने त्यो कस्तो जात ? धर्मनै मानवता संग जोडियको सब्द हो मानवता नै गुमाए पछि केलाई चाइयो धर्म ? धर्मको नाम्मा दलितलाई मन्दिर प्रवेश निषेद भन्नु हुन्छ भने तपाईको मन्दिर भित्र सजियको 12 हात लामो तिर्सुल कस्ले बनाएको हो ? ? ऐतिहासमा यदि सर्किको हातमा जुत्ता सिलाउने सिप र दमाईको हातमा कपडा सिलाउने सिप नभयको भय ठुला कहलिएका जात हरु नाङ्गिन बाध्य हूने थियो ! अन्यदेशमा जे जस्तो भए पनि नेपालमा सुरु सुरुमा कपडा सिलाउन सिकाउने दलित नै हुन जुन दलितले सिप सिकाएर ।हजारौ नेपाली लाई रोजगार दिएका छन ! दलित लाई हिंसा हैन दलित बाटा केहि सिकौ दलितको ठाँउमा उभियर हेर्नुस तिरष्कार के हो बुज्नु हुने छ छुवाछुत के हो दलित लाई सोध्नु घ्रिना केहो दलित लाई सोध्नु किन कि पिडा के हो वास्ताविक पिडितलाई मात्रै थाहा हुन्छ तपाई बाहुन होस या क्षत्री होस या तामाङ होस या राई होस नेवार होस या जे सुकै हामी त एक्कासौ सताब्दिको नयाँ पुस्ता हौ बुडा पाका अनपड हरुले रचेका जातिय विबेद धार्मिक बिवेद लाई लात हान्दै देश लाई सुख शान्ती समबृद्ध र बिकास तर्फ मोड हान्ने क्षमता हामिमा हुनु पर्द छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *