Skip to content

त्यो समाचार लेख्ने मान्छे

  • by


लमक लमक
अंध्यारोतिर बढ्दैछ
यो युगको त्यो चमकदार मान्छे
पत्रिकामा त्यो समाचार लेख्ने मान्छे।

पटक पटक
मोबाईलको घन्टी बज्दैछ
न उठाउने फुर्सद छ
न बात मार्ने आंट छ
चिट चिट
पसिना काढ्दै
पाइलाको दुरी बढाउंदैछ
यो युगको त्यो चमकदार मान्छे
पत्रिकामा त्यो समाचार लेख्ने मान्छे ।

पछी पछी
नकावधारी आउंदैछन
न फर्केर हेर्ने धैर्य छ
न पर्खेर बस्ने सौर्य छ
ढुक्क ढुक्क
धुकधुकी छाम्दै
सास थाम्दैछ
यो युगको त्यो चमकदार मान्छे
पत्रिकामा त्यो समाचार लेख्ने मान्छे ।

ढ्याम ढ्याम
चारैतिरबाट गोली वर्षंदैछ
न छलेर कुद्ने हुत्ती छ
न अडेर लुक्ने सुद्दी छ
थर थर
खुट्टा कमाउंदै
जिन्दगी सेलाउंदैछ
यो युगको त्यो चमकदार मान्छे
पत्रिकामा त्यो समाचार लेख्ने मान्छे ।

लमक लमक
अंध्यारोतिर बढ्दैछ
यो युगको त्यो चमकदार मान्छे
पत्रिकामा त्यो समाचार लेख्ने मान्छे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *