तिमी,
नङ्गाएर,
आफ्नो कोमल हातले,
शिरदेखि पाउसम्म,
सबै मयलहरू सफाइने गरि,
सबै दागहरू मेटिने गरि,
सबै फोहोरहरू हटिने गरि,
कुनै लाज नमानी,
कुनै घिण नमानी,
कुनै सरम नमानी,
भित्रै हृदयबाट,
जाँगर निकालेर,
मनैदेखि जाँगर निकालेर,
पँधेरीको सफा पानीले,
नुहाई दिन्छौ,
त्यही पँधेरीमा,
ख्याल ख्याल गर्दै,
धकेलिदिन्छौ,
डुबाइदिन्छौ,
मनमा डरले बास गर्न नपाँउदै,
किनारमा,
आफ्नै हातले तान्छौ,
आफ्नै बलले तान्छौ,
र,
सबैभन्दा धेरै माया सुम्पेर,
बारुले कम्मरलाई,
मरक्क मर्काएर,
त्यही कम्मरमा बसाँउछौ,
त्यही माथि सजाँउछौ,
घाँटिमा जोडले अँगालेर,
बोकि हिँड्छौ,
त्यसैले त मलाई,
घैँटि बन्न लाग्छ।
जब,
तिमी,
आफ्नो न्यानोतामा,
आफ्नो स्पर्शमा,
आफ्नो रेखदेखमा,
राखिराख्नका लागि,
अँझ,
अरुले देख्ने डरमा,
अरुले थाहा पाउने डरमा,
सबैभन्दा बढी माया सुम्पेर,
चोरीबाट बचाउन,
गुण्डाबाट बचाउन,
गुम्नुबाट बचाउन,
आफ्नो चोलीको तुनालाई,
थोरै फुस्काएर,
छातीको चोलीलाई,
थोरै उठाएर,
आफ्नो छातीको गोप्यतामा,
लुकाँउछौ,
त्यसैले त मलाई,
नोट बन्न मनलाग्छ।