Skip to content

जुन सिरानीमा निदाउँछु

  • by

जुन सिरानीमा निदाउँछु, त्यही खोज्छ शीरले पनि!
जसको छातीमा रमाए, त्यही खोज्छ शरीरले पनि!

जब उनको सिउँदोमा सिन्दुर भेटिनँ, पछुतो भैरह्यो
मूर्तिलाई वेहुला भन्यौँ, त्यहीं खोज्छ अविरले पनि।

सुनौलो भविष्यको खोजीमा,कल्पनामा डुब्दै थिए
यथार्थमा जो छुट्यो, त्यही खोज्छ तक्दिरले पनि।

पाप पुण्यको घडा कहिल्यैँ भरिँदैन, हेक्का रहोस्
प्रेममा लिप्त हुनुहुँदैन,त्यही खोज्छ माहिरले पनि।

प्रेमलाई अन्यत्रिको शहरमा हिँड्न,वन्देज गरियोस्
किन आशा देखाउनु, त्यहीं खोज्छ फकिरले पनि।

दिवाकर भट्टराई
दमौली, तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *