Skip to content

चराहरुको चिरवीर र मोहन कोइरालाको मोह

  • by


नेपाली संस्कृति सिमसार प्रधान हो । यो देशमा धेरै नदीनाला भएकोले यहाँ सिमसारको सङ्ख्या असङ्ख्य छ । यो निर्जीव, निष्प्राण होइन, सजीव र सप्रमाण हो किनभने यसमा तीन तìवहरूको सम्मिश्रण हुन्छ । यी तीन तìव हुन् – जल, जमिन र जीव । सिमसारका राजदूत मोहन कोइराला आज सशरीर, सप्रण र सजीवरूपमा हामीबीच हुनुहुन्न । उहाँ यस्तो देशमा गइसक्नुभएको छ जहाँ जान राहदानी र प्रवेशाज्ञा आवश्यक पर्दैन । मोहन कोइरालाको स्वर्गवासपछि सिमसारका राजदूत समीक्षक डा. गोविन्दराज भट्टराईद्वारा सम्पादित भएर प्रकाशिन भएको छ । राजनीतिज्ञ नरहरि आचार्य यसलाई महाकाव्य भन्न रुचाउनुहुन्छ । प्रयोगवादी कविहरूको शिखर कवि मोहन कोइरालाले समश्य काव्यलाई प्रयोगात्मक पारामा नै प्रशंसनीय ढड्ढबाट प्रस्तुत गर्नुभएकोले यसलाई महाकाव्य भन्न सुहाउँछ । थारु ब्युटी झुम्का यसकी नायिका हुन् । ‘करतबक’ छोरीलाई नायिका मान्दैमा कुनै अतिशयोक्ति हुँदैन होला । यस महाकाव्यको कलेवर पनि विस्तृत एवं व्यापक कालखण्डलाई आत्मसात् गरेर अभिव्यक्त गरिएको छ । राणा शासनकालदेखि जनयुद्ध कालसम्मको विस्तारलाई यहाँ व्यक्त गर्ने प्रयास गरिएको छ तर ऐतिहासिक परिपे्रक्ष्यमा होइन । यी विस्तृत कालखण्डमा घटित राजनीतिक घटनालाई मात्र स्पर्श गर्दै यो काव्यिक पृष्ठभूमिमा प्रस्तुत गरिएको छ । यसको कथावस्तु पनि विस्तृत एवं व्यापक परिवेशमा निर्मित छ । यसमा मधेस विशेष गरेर मधेसमा बसोबास गरेका थारु समुदायको संस्कृति र कान्तिपुरमा बसोबास गर्ने पहाडी भाइहरूको संस्कृतिको सम्मिश्रण सुन्दर र समन्वयात्मक ढड्ढबाट गरिएको छ । यसमा दुई भागको भूगोल इतिहास र संस्कतिलाई काव्यको परिवेशमा गाँस्ने गाथा गाइएको छ जुन नेपाली वाङ्मयमा विरलै पाइन्छ । यस्तो साहित्यिक र सांस्कृतिक तथा साम्प्रदायिक सद्भावको सेतु निर्माणमा नेपाली साहित्यकारहरूको ध्यान त्यति गएको छैन । मोहन कोइराला नेपाली काव्यका महान् कवि भएकोले र दूरदर्शी तथा भविष्य द्रष्टा स्रष्टा भएकोले उहाँको ध्यान त्यतातिर आकृष्ट भएको छ र यसमा उहाँलाई सफलता प्राप्त भएको छ । यहाँ मधेसमास्थित पदमपुर र देशको राजधानी कान्तिपुरसँग साइनो गाँस्ने स्तुत्य एवं सराहनीय प्रयास भएको छ ।

यसबाहेक मोहनकोइरालाको कवि पूर्ण मानवतावादी सचेतनाबाट ….. भएको हुनाले उनले मानवतावादको सन्देश पनि यस समीक्ष्य काव्य कृतिबाट दिन रुचाउँछ । आजको युग मानवता विहिन हुँदै गएको छ । मानव कहिले मानव जस्तो व्यवहार गर्ने हो यस्तो सन्देश निम्नलिखित काव्यपंक्तिबाट संपे्रषित भएको छ –

“प्रत्येक देश, प्रत्येक भाषा त्यसका मानव शास्त्र
विवेक हराउँछ, विवेक बिर्सन्छ किन
कैले – कैले मानव हुनुको गुण,
कैले मानव हुन सिक्छ मानव ।”

मोहन कोइरालाको काव्यिक सचेतनामा जति सहरिया जीवनको अनुभव तीव्र छ त्यति नै समथर मधेसको पनि । उहाँको काव्यदृष्टि व्यापक छ र विस्तृत छ । उहाँमा साम्प्रदायिकता र संकुचितताको सङ्केत पनि भेटिदैन । यसलाई उदाहरणसहित साविक गर्न सकिन्छ । उहाँलाई पहाडी जीवनको सघन अनुभव छ जस्तो “पहाडका खोंच अंधकार रात छ

चारैतिर अन्धकारको साम्राज्य
एक बिन्दुबाट अर्को बिन्दुसम्म
व्यथा, पीरमर्का, कथा वेदना ।”

त्यस्तै ग्रामीण जीवनको धनीभूत अनुभवलाई पनि उहाँले निम्नलिखित काव्यपंक्तिमा प्रस्तुत गर्नुभएको छ “लडिया कति गुड्ने गर्छन् बयल कति चल्छन्

गाडाकै भ्यान गाडाकै एम्बुलेन्स
मैतालु भरुवा सबै गाडाको प्रयोजन हो ।”

मोहन कोइरालाले एउटा मधेसी व्यक्तिको शब्दचित्र आˆनो काव्य भाषामा यसरी कोर्नु भएको छ जुन सधैं स्मरणीय हुनगएको छ । उहाँको शब्दमा एउटा मधेसीको चित्रण –

“काँधमा गम्छा कपालमा खाटी तेल
धोती, बनियान, गन्जी, कमिज
कम्मरमा धोतीको मुजा
के चाहियो र ।”

त्यस्तै सहरिया जीवनको निर्जीव र निष्प्राण अनुभव पनि कविलाई उत्तिकै छ । कृत्रिम जीवनलाई उहाँको काव्यमय भाषामा सटिक र सजीव वर्णन भएको पाइन्छ । बनावटी जीवनको प्रत्यक्ष उदाहरण काठमाडौँमा पाइन्छ । कार्टुनको शहरमा जस्तै यहाँ पनि कवि मोहन कोइरालाको काव्य संरचनामा कृत्रिम सहरी जीवनकोव वर्णन पाइन्छ । “जिम्दो होइन घोडा पनि ढलोटको छ सहरमा ।”

‘सिमसारको राजदूत’ मा ‘चरा पर्यटन’ को चर्चा परिचर्चा पनि मनग्गै मात्रामापाइन्छ । ‘वर्ड वाचिङ’ चरा दर्शन पर्यटकहरूको लागि एउटा अवलोकनी आकर्षण दृश्य हुन्छ । एउटा तथ्याङ्कअनुसार नेपालमा ८०० प्रकारका चराहरू पाइन्छन् र यसमा अधिकांश मधेसस्थित जड्ढलमा विशेषगरेर चितवनको वन निकुञ्जमा जहाँको भ्रमण गर्ने बेलामा समीक्ष्य काव्यको गर्भाधान भएको थियो ।

सिमसारमा संसारका विभिन्न भागका चराहरू पर्यटक जस्तै आउने गर्दछन् । कवि मोहन कोइराला चरापे्रमी हुनुहुन्छ र उहाँको लागि सिमेश्वरको परिभ्रमण प्रायोजित गरिएको थियो । उहाँलाई चराहरूको प्रवृत्ति र प्रकृति पनि राम्रोसित थाहा छ । सिमसारको राजदूत अरू कोही होइन चरानै हो । उहाँले चरामा दैवीगुण हुन्छ भन्ने कुरो पनि प्रमाणित गर्नुभएको छ । हेरौँ उहाँद्वारा रचित यी काव्यपंक्तिहरूः-

“हुन त देवदूत हुन् यी किन्नर – किन्नरी नृत्यड्ढना यी सित किन सिड्ढौरी, कसैको ।”

चराहरू आपसमा कसरी खोसाखोस गरेर गाँस खान्छन् र एक अर्काप्रति मायाको साटासाट गर्छन् सकोस् सूक्ष्म निरीक्षणसमेत मोहन कोइरालाले गर्नुभएको छ । एउटा कुशल कविले पक्षीको प्रकृति र प्रवृत्तिमा पनि पारङ्गत हुन सक्तछ भने कुराको प्रमाण यहाँ काव्य पङ्क्तिमा प्रष्टरूपमा व्यक्त भएको छ –

“उसको गाँस काटेर उसले खान्छ
उसको गाँस काटेर अर्काले खान्छ
खोसाखोसको माया बाँड्छन् चराहरू”

चराहरूको आनीबानी हेर्नमा अभ्यस्त कविले यो निष्कर्ष निकाल्न पनि सफल हुनभएको छ कि चराहरूमा सबैभन्दा बुद्धिमान चरा सारस हो । सारस सबैभन्दा सभ्य र सुसंस्कृत चरा हो भने कुरा पनि उहाँले सावित गर्नु भएको छ । चराहरूमा हाँसको स्थान परिवर्तनको कालखण्ड पनि कवि कोइरालालाई थाहा छ । जब एक काल खण्ड सकिन्छ अनि हाँसले स्थान परिवर्तन गर्दछ । यस्तो सूक्ष्म अवलोकन र निरीक्षण गरेर कवि कोइरालाले चरा विज्ञको रूपमा आफूलाई यहाँ प्रस्तुत गर्ने प्रयास गर्नुभएको छ । चराको चिरबिर, चराको प्रवृत्ति र प्रकृतिको ज्ञान हासिल गर्नु चानचुने कुरो होइन । यस्तो सहृदय कविको रूपमा स्वयंलाई सावित गर्नु कविको संवेदनशील स्वभावको उपज हो । अतः उहाँ निष्ठुर र निर्दयी मानिसलाई सझाव दिनुहुन्छ कि यस्तो चराको सिकार न गर जुन सर्वथा स्वभाविक हो ।

“यिनको सिकार नगर मानव हो
चिनको सिकार नगर”

चराहरूमाथि आक्रमण गरेपछि यिनीहरूले पनि प्रत्याक्रमण गर्ने गर्दछन् । हिंसाबाट प्रतिहिंसाको जन्म हुन्छ । चराहरूलाई पनि पे्रम, स्नेह, सद्भाव र सहानुभूति चाहिन्छ । सिमसारको राजदून काव्य हाँसले मानव सिकार गरेको काव्य सावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *