Skip to content


ओत लाग्ने पिपलु छायाँलाई, अँझै मैले बिर्सेको छैन नि
बाल्य बेला लाएको मायाँलाई, अँझै मैले बिर्सेको छैन नि

टिपेर फूल गुराँसे बनैमा, राखि दिन्थ्यौ अन्जन यो मनैमा
खेल्थ्यौँ हाँस्थ्यौँ जुरेली चरि झैँ, वसन्तको गोदोली बनैमा
सम्झना छ पातैमा लेखेको, तिम्रो मेरो नामैको काहानी
सम्झी ल्याँउदा बाल्यदिनहरू, पतै नपाई खस्छन यी मनपानी
बाल्यदिनको मधुरो छायाँलाई, अँझै मैले बिर्सेको छैन नि
बाल्य बेला लाएको मायाँलाई, अँझै मैले बिर्सेको छैन नि

गाईगोठमा भुटेको मकैले, भरिदिन्थ्यौ भोकाको मै पनि
सँगैसँगै गरेको मेलापात, बिर्स्या छैन गाईगोठ नै पनि
बर्खाभरि हिलोलाई जिस्केर, हिँउदा लाग्दा हिँउसँग खेलेको
बिर्स्या छैन मेलापात लेकबेसी, चरि, बादल, फूलसँग खेलेको
अन्जानैमा रोपेको मायाँलाई, अँझै मैले बिर्सको छैन नि
बाल्य बेला लाएको मायाँलाई, अँझै मैले बिर्सेको छैन नि

ओत लाग्ने पिपलु छायाँलाई, अँझै मैले बिर्सेको छैन नि
बाल्य बेला लाएको मायाँलाई, अँझै मैले बिर्सेको छैन नि

Leave a Reply

Your email address will not be published. Required fields are marked *