Skip to content

डुव्यो देश हाम्रो


डुव्यो देश हाम्रो, अधम जन्मिनाले
दुख्यौँ देशवासी, जखम थुप्रिनाले

छिया भो सबैको, कलेजो र छाती
बढ्यो रोग ज्यादै, मलम खोसिनाले

गरेको छ त्यै जो, सही ठान्छ नेता
सधैँ बोल्छ झूटो, शरम झाङ्गिनाले

यहाँ अल्पदर्शी पुगे शासनैमा
भयो बेइमानी, कदम बेचिनाले

लुटे देश पारेर सर्वाङ्ग नाङ्गो
खजाना बनाए हजम, लोभिनाले

दिए नोकरी मात्र आफन्त हेर्दै
नियत तुच्छ पारे, खतम भैदिनाले

अराजक सरी भो, प्रजातन्त्र हाम्रो
भएको छ धोका, कसम तोडिनाले

(मुतकारिब मुसम्मन् सालिम)

-कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:-न्युयोर्क, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *