Skip to content

सुन्दर भूँईफूलहरु


मलाई घाम झुल्किने बेलामा
तारा जस्तै चम्किनु पर्छ भन्यौ तिमीले
तर मैले दिनभरि घाम तापेर
रातलाई पर्खिइन

फेरि साँझ परेपछि
घाम जस्तै झुल्किनु पर्छ भन्यौ तिमीले
फेरि पनि मैले रातभरि सुतेर
मिर्मिरेलाई पर्खिरहिन

कसरी – कसरी मलाई फसाएर
तिमी माथि खैराते डाँडामा पुग्यौ
अनि तल हेर्यौ
म जस्तै फुलेका सुन्दर भूँईफूलहरू !

चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *