Skip to content

शिक्षामा मूल्य शिक्षाको आवश्यकता

BrahmaKumarBharatKumarShrestha


आजको समयमा भौतिक विज्ञानको विकास चरमोत्कर्षमा पुगेको छ । विज्ञान, प्रविधि एवं सूचना संचारका साथै सूचना सञ्जालको माध्यमले विश्व एक गाउँ (Global Village) बन्न पुगेको छ । तर संसारको परिस्थितिलाई हेर्ने हो भने विशेष महान् व्यक्तित्वभन्दा बाहेक हरेकमा मूल्यको गिरावट (Degradation of Values) हुँदै गइरहेको छ । इतिहासको पानालाई पल्टाएर हेर्ने हो भने प्राचीन कालमा गुरुकूल प्रणाली थियो, विद्यार्थीहरू गुरुको साथमा जान्थे । गुरुको सानिध्यमा कर्म कुशलता, जीवन पद्धति, नैतिकता सदाकाल धारणाको रूपमा सिक्दथे । शिक्षाको समाप्तिपछि सर्टिफिकेट दिने आवश्यकता थिएन तर गुरुले स्वय म समान नै विद्यार्थीलाई सुयोग्य बनाएर पठाउँदथे । गुरुको नामबाटै शिष्यको पहिचान हुन्थ्यो जस्तैः द्रोणचार्यको शिष्य अर्जुन, चाणक्यको चन्द्रगुप्त, परशुरामको कर्ण, परमहंशको विवेकानन्द आदि ।

हाम्रो प्राचीन ग्रन्थ रामायण, महाभारतमा मूल्य सम्पन्न जीवन प्रणालीको वर्णन गरिएको पाउँदछौं । त्यस समयमा समग्र समाजमा मूल्यको विजय र मूल्यहीन व्यक्तिहरूको पराजय भएको पाइन्छ । समयको परिवर्तनअनुसार आजको समयमा शिक्षा लिने र दिने विधिमा परिवर्तन हुँदै गएको छ । केवल डिग्री लिने, धनसम्पत्ति कमाउने शिक्षार्थीहरूको लक्ष्य बनेको छ । त्यसैले आजका मानिसहरू भन्ने गर्दछन् ः “Education for employment, not for empowerment.”
बास्तवमा हामी विद्यालय (विद्यांआलय) भन्ने गर्दछौं । ‘सा विद्या या विमुक्तय’े अर्थात् ‘जो बन्धनबाट मुक्ति दिलाउँदछ, त्यही विद्या हो ।’ कुन चाहिँ बन्धनभन्दा रोग, शोक, दुःख, अशान्तिको बन्धनबाट मुक्ति दिलाउँदछ । ‘विद्या ददाति विनयम्’ अर्थात् ‘विद्याले विनय ल्याउँदछ ।’ विज्ञानद्वारा प्राप्त अधिकत म सुविधाहरूको कारण मानव जीवन पद्धतिको स्तर माथि उठेको छ । तर अर्कातिर हामी आफ्नो आत्मविश्वास, आत्मसंयम, आत्मबल तथा आत्मानन्द हराइरहेका छौं । जसको कारण यसको समाजमा नकारात्मक असर परिरहेको छ । आत्महत्या, हत्या, भ्रष्टाचार तथा अन्य अपराधजनित घटनाहरू बढिरहेको छ । समाजमा आपसी प्यार, स्नेह, सद्भावना, सेवाभाव एवं नैतिक मूल्यको ह्रास हुदै गइरहेको छ । वास्तवमा समाजमा यस्तो परिस्थिति हुनुको कारण के हो त ?

आजकाल साक्षार हुनुलाई नै शिक्षा सम्झिइरहिएको अवस्था छ जसको कारण साक्षरतालाई ज्यादै महत्व दिइन्छ पनि । साक्षार हुनु पनि अत्यन्त जरूरी छ । साक्षार हुनु अलग कुरा हो भने नैतिक मूल्य एवं गुण सम्पन्न हुनु अलग । यसैकारण आज शिक्षा क्षेत्रमा दिव्य गुण एवं नैतिकतामा कताकता कमी भएको महसुस भइरहेको छ । व्यक्तिको सर्वाङ्गीण विकासका लागि आध्यात्मिक शिक्षाको आवश्यकता पर्दछ । त्यसैले स्वामी विवेकानन्दले भन्नुभएको छ ः ‘विद्याले व्यक्तिको आन्तरिक परिपूर्णतालाई प्रत्यक्ष असर गर्दछ ।’ आजकाल विद्यालयहरूमा इतिहास, विज्ञान, गणित, भाषा आदि विषयहरू पढाइन्छ तर विद्यार्थीहरूको चरित्र निर्माणप्रति ध्यान कम दिइन्छ । निश्चित कक्षा उत्तीर्ण भएपश्चात् चारित्रिक प्रमाणपत्र (Character Certificate) भनेर दिइन्छ तर खासै त्यसमा चरित्रका बारेमा उल्लेख भएजस्तो लाग्दैन । यदि केही उल्लेख हुन्छ भने पनि सबैलाई असल चरित्र भनेर दिइन्छ । विद्यार्थीहरूलाई केवल दण्ड दिएर मात्र परिवर्तन सम्भव हुँदैन । परिवर्तनका लागि आध्यात्मिक शिक्षाको जरूरी छ जसबाट व्यक्तिको चरित्र निर्माण समेत हुने कुरामा दुईमत छैन । अध्यात्म अर्थात् आत्माको अध्ययन तथा आत्माको अनुभूति एवं आफ्नो आध्यात्मिक अस्तित्वको पहिचान गर्नु हो जसमा आत्मशक्ति, आत्मसन्तुलन, आत्मसंयम, आत्मबल आदि प्राप्ति हुन्छ । मूल्यको ह्रास हुने एउटा प्रमुख कारण ज्ञान, खुसी, शान्ति, आनन्द, प्रेम, शक्ति, पवित्रता आदि हाम्रो मौलिक गुणहरू (Innate Qualities)लाई अज्ञानतावश कस्तूरीले आफ्नै नाभीमा भएको विनाको पहिचान गर्न नसकी बाहिर भौँतारिएजस्तो हामी पनि बाहिर खोजिरहेका हुन्छांै । स्वसशक्तिकरणद्वारा आध्यात्मिकताको विकास (Self Empowerment) गर्नु नै मूल्यनिष्ठ जीवन हो । त्यसैले महान् दार्शनिक सुकारतले भन्नुभएको छ ः To know thyself is education.

साच्चै भन्ने हो भने आध्यात्म भन्ने शब्दबाट नै अध्यापक शब्द आएको हो । आध्यात्मिकता भन्ने शब्दलाई अंग्रेजीमा SPIRITUALITY भनिन्छ । SPIRITUALITYमा तीनवटा क्ष् (आइ) हुन्छ । दुईवटा आइ (आँखा) त सबैको खुल्ला हुन्छ । तेसो आइ (आँखा) खुल्ला गर्नु नै बास्तवमा SPIRITUALITY हो । आध्यात्मिकताको मुख्य काम भनेकै तेस्रो आँखा अर्थात् हाम्रो विवेक (Wisdom) को शक्ति उजागर गर्नु हो । तीक्ष्ण वुद्धि हुँदैमा कुनै पनि मानव परिपूर्ण हुँदैन किनकि बुद्धि (Intellect) भनेको सकारात्मक एव म नकारात्मक दुवै हुन सक्तछ । उदाहरणका लागि ‘कसैको पाकेटमा राखेको पैसा त्यो व्यक्तिले पत्तो नपाउने गरी पाकेट मार्नको लागि सामान्य बुद्धिको शक्ति भएको व्यक्तिले सक्दैन ।’ यसर्थ बुद्धि (Intellect)भन्दा पनि भित्र हामीमा अन्तर्निहित अर्को शक्ति विवेक (Wisdom) हुन्छ जो सदा सकारात्मक हुन्छ । हामीले कसैलाई चलाखी गरेर अन्याय गरेका छौं भने हाम्रो विवेकले भित्रबाट घचघच्याइरहेको हुन्छ । बरू दुईटा आँखा बन्द भए पनि यदि तेस्रो आँखा विवेकको ढोका खुल्ला छ भने कैँयाँै कुराको ज्ञान हामीलाई हुन्छ । यसै सन्र्दभमा एउटा प्रसङ्ग याद आउछ ।

एकजना राजाले आफूसँग भएको प्रशस्त हीराको दानाहरू परीक्षण गर्न आफ्ना प्रजाहरूलाई खबर गरेछन् । कुनै प्रजाले पनि सच्चा हीरा र झुटो हीरा छुट्याउने तरिका हेरेर पत्ता लगाउन सकेनछन् । सबै हीराहरू देख्दा उत्रै उस्तै छन् कसरी ठम्याउनु ? त्यत्तिकैमा एकजना दुवै आँखा नदेख्ने एउटा अन्धो व्यक्तिले म छुट्याउँछु भनेर भने । सबैजना छक्क परे । नपरून पनि किन ? जो आँखै देख्दैन उसले कसरी झुठो हीरा र सच्चा हीरा छुट्याउन सक्छ ? नभन्दै उक्त अन्धो व्यक्तिले सबै हीरा राजासँग लिएर एक घन्टाको समय लिन्छ । उक्त समयपछि उसले सबैको अगाडि ती हीराहरू छाम्दै एउटा मात्र बाँकी राखेर सबै फालिदिन्छ र राजालाई उसले त्यो एउटा मात्र सच्चा हीरा हो भनी वुझाउछ । सबै जना दङ्ग पर्छन् । बास्तवमा ती अन्धाले सच्चा हीरा कसरी पत्ता लगाए होला त ? कुरो के रहेछ भने उसले एक घन्टाको समयमा ती सबै हिरालाई घाममा सुकाएछन् । एक घन्टापछि ती हीराहरू हातले छाम्दा जुन तातेको छ त्यो नक्कली भनेर फालिदिए वास्तवमा नक्कली हीरामा सिसा मिसाइएकोले घाममा तातिँदो रहेछ भने जुन सच्चा हीरा छ त्यसलाई जतिबेरसम्म घाममा राखेपनि तात्दैन त्यसले सम्पूर्ण प्रकाशलाई स्वयम्मा शोषण (Absorb) गरेर राख्दछ त्यसैले त सच्चा हीरा राती चम्कँदो रहेछ । यहाँ भन्नुको तात्पर्य के हो भने दुईवटा चर्म चक्षु बन्द भएकाले पनि विवेकको शक्तिद्वारा सच्चा हीरालाई पहिचान गर्न सक्यो । विवेक वा सो सन्दर्भमा ज्ञान नभएकोले अन्य मानिसका दुवै आँखा भएपनि सच्चा हीरा पहिचान गर्न सकेनन् । बास्तवमा आध्यात्मिकताले हामीलाई सच्चा हीरा बन्न प्रेरित गर्दछ । यदि हामी सानासाना कुरामा विभिन्न परिस्थितिका कारण आवेशमा आउँछौ, रिसाउँछौ र तात्छांै भने सम्झनुपर्दछ कि म पनि बास्तवमा सच्चा हीरा होइन । आध्यात्मिक रूपमा जागरूक भएको व्यक्ति स्वस्थिति मजबुत भएको कारण परिस्थिति (परंस्थिति)बाट प्रभावित हुँदैन ।

मूल्य मानव जीवनको शृङ्गार हो । मूल्यलाई विभिन्न प्रकारमा विभाजन गर्न सकिन्छ । नैतिक मूल्य, भौतिक मूल्य, सामाजिक मूल्य, आध्यात्मिक मूल्य एवं मानवीय मूल्य । नैतिक मूल्यको अर्थ नीतिअनुरूप वा नीतियुक्त, सद्गुणयुक्त व्यवहारिक जीवन हो । हाम्रो सम्बन्ध सम्पर्कमा आउनेवाला सबैले सुखलाई अनुभव गर्न सकून् । सबैका लागि भलाइको भावना होस् । अरूको भलाइको लागि सोच्नु, स्वय म शान्तिमा रहनु एवं अरूलाई पनि सुख शान्तिसँग जिउन सहयोग दिनु नै नैतिक मूल्य हो ।

राष्ट्र«को महान्ता त्यहाँको व्यक्तिको एकता एवं नैतिक मूल्यबाट हुन्छ । हामी संसारमा भौतिक वस्तु तथा पदार्थलाई अधिक महत्व दिन्छौ । भौतिकताको महत्व वास्तवमा आवश्यकतामा निर्भर गर्दछ । उदाहरणको लागि पानीको मूल्य र सुनको मूल्य । पानीको मूल्यभन्दा सुनको मूल्य त धेरै नै महँगो छ । मानव जीवन पानी विना चल्न सक्दैन तर सुन विना भने चल्न सक्छ । यदि पानीको आवश्यकता भएको बेलामा उसलाई सुन दिने हो भने त्यस समयमा कुनको मूल्य अधिक हुन्छ ? त्यस समयमा एक गिलास पानीको तुलनामा सुनको मूल्य केही पनि होइन तसर्थ हरेक चीजको आफ्नै प्रकारको मूल्य हुन्छ । यसकारण आज मानवको व्यक्तित्वको मूल्य उसले प्राप्त गरेको डिग्रीबाटभन्दा पनि उसको चरित्रबाट पहिचान गर्न सकिन्छ । आज समाज दिनप्रतिदिन सुशिक्षित हुँदै त गइरहेको छ । त्यसको साथै सुसंस्कृत पनि हुनु जरूरी छ । जसको न्बउलाई परिपूर्ण गर्नको लागि आजको शिक्षामा मूल्य शिक्षा एवं आध्यात्मिकताको जरूरी छ । मानव आज बाह्यरूपमा जतिसुकै सशक्त बने पनि आन्तरिकरूपमा अत्यन्तै कमजोर हुँदै गइरहेको छ । आन्तरिक रूपमा द्यबततभचथ ऋजबचनभ गर्ने एउटै माध्यम हो –आध्यात्मिकता । पहिलापहिला आमाबाबुदेखि छोराछोरी डराउँथे, शिक्षकदेखि विद्यार्थी डराउँथे आज त्यसको ठिक उल्टो भएको छ । केही भन्यो वा गाली गर्यो भने त्यसलाई सहन गर्ने क्षमताअर्थात् ‘कोपिङ पावर’ क्षय हुँदै गएको छ । यसको मुख्यकारण भनेको आधुनिक शिक्षा प्रणालीमा मूल्य शिक्षाको अभाव (Lack of value education) हो ।

UNESCO (संयुक्त राष्ट्र« संघको शैक्षिणक, वैज्ञानिक एवं सांस्कृतिक संगठन)ले जैक्यूस डेलर्स (Jacques Delores) को अध्यक्षतमा एक अन्तर्राष्ट्रि«य आयोग गठन गरेको थियो, सो आयोगमा पूरा दुनियाँका शिक्षा शास्त्रीहरूलाई सामेल गरेको थियो । डेलर्सको रिपोर्टले शिक्षाको चार स्तम्भको जानकारी दियो । जान्नको लागि शिक्षा (Learning to Know), गर्नको लागि शिक्षा ( Learning to do), बन्नको लागि शिक्षा ( Learning to do) एवं साथ जिउनको लागि शिक्षा (Learning to live together)। यसमा पहिलोको लागि शैक्षणिक योग्यता आवश्यक छ । दोस्रोका लागि कार्यकुशलता आवश्यक छ जवकि तेस्रो र चौथोको लागि मूल्य शिक्षाको धाराणा आवश्यक छ ।

विद्यार्थीहरूमा मूल्यको धारणा गराउनका लागि केवल शिक्षकले मूल्यको बारेमा पढाएर मात्र हुँदैन, त्यसका लागि त पढाउनेवाला शिक्षक स्वयम्मा मूल्यको धारणा हुनु जरूरी छ । यसै सन्दर्भमा महात्मा गान्धीको प्रसङ्ग याद आउँछ । एकपटक एकजना महिलाले आफ्नो बच्चाले गुलियो कुरा अत्याधिक सेवन गरिरहेको सन्दर्भमा आफूले सम्झाउँदा केही सीप नलागेपछि उक्त बच्चालाई सम्झाउनका लागि गान्धीजीकोमा लिएर जाँदा गान्धीजीले एक महिनापछि लिएर आउन भन्नुहुन्छ । सोहीअनुसार एक महिनापछि बच्चालाई पुनः लिएर गएपछि गान्धीजीले राम्रोसँग बच्चालाई सम्झाइसकेपछि साँच्चै नै केही दिनमा सो बच्चा परिवर्तन हुन्छ अर्थात् उसले गुलियो कुरा खान छोड्छ । त्यसको केही दिनमा उक्त महिला खुसी हुँदै धन्यवाद दिन गान्धीजीकोमा पुनः पुग्दछिन् र गान्धीजीलाई भन्छिन् –‘हजुरलाई धन्यवाद छ । हजुरले सम्झाएपछि मेरो बच्चा सुधृयो तर यदि हजुरले एक महिना अगाडि नै मेरो बच्चालाई सम्झाइदिनु भएको भए त एक महिना अगाडि नै मेरो बच्चा सुधृने थियो नि ।’ अनि गान्धिजीले जवाफ दिनुभयो – ‘एक महिना अगाडि त म उसलाई सम्झाउनका लागि लायक वा योग्य नै थिइन किनभने म स्वय म गुलियो कुरा सेवन गर्ने लतमा थिएँ । त्यो लत मैले एक महिनामा छोडेँ । त्यसपछि मात्र म उसलाई सो शिक्षा दिन योग्य भएँ साथै म स्वय म परिवर्तन भइसकेकोले त्यसको प्रभाव उसमा परेको हो । यसबाट के बुझिन्छ भने ‘मूल्य पहिला स्वयम्मा नै धारण गर्नु अति जरूरी छ ।’ भनिन्छ पनि “Values are not taught but they are to be caught.”

विद्यार्थीहरूलाई शिक्षकले पढाउनु वा सिकाउनु मात्र नभई सिक्ने वातावरण बनाइदिनुले अत्यत्य महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । त्यसैले भन्ने गरिन्छ, A poor teacher tells (give only informations), An average teacher explains, A good teacher demonstrates and A great teacher inspires.

सहायक प्राध्यापक
मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस, मन्थली ।
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *