तिम्रो मेरो बिछोडले, दुनियाँ यो हाँसेको छ
भएर धेरै खुशी, छमछमी आज नाँचेको छ
बुझेनौ किन तिम्ले, मेरो चोखो प्रेमलाई
आफ्नो मनले आज, आफैलाई ढाँटेको छ
कति थिए सपनाहरू, सपनामै बिलिन भए
तिनैले हृदयलाई टुक्रा, टुक्रा पारी काटेको छ
आफन्तहरू टाढा भए, म छु आज एक्लो एक्लो
तिम्रै कारण सबैसँगको, सम्बन्ध यो फाटेको छ
रन्जना न्यौपाने