Skip to content

नेता किशोर (बालक) सम्वाद

नेता : ए, लखनवा कति पथ्थर मारिस् रे ?
बालक : सय मारिहालें मालिक ।
नेता : सिसाविसा भी तोडिहालिस् कि ? आर भन् त । पथ्थर गाडीमै लाग्यो कि लागेन रे ?
बालक : गाडीमै लाग्यो । सिसा भी तोडे मालिक ।
नेता : सबै गाडीमा मारिस् कि ?
बालक : एउटा गाडीमा ता हामरै बिरादरको मान्छी थियो । तेसमा मारिन मालिक ।
नेता : बुद्धिमान छ मेरो लखनवा सानै उमेरमा पनि यति जान्नी भइसक्यो बादमा नेता नै भइलिन्छ।
बालक : अब रातमा पनि चल्ती गाडीमा पथ्थर मारुँ कि मालिक ? नदीसे पथ्थर जमा करेछु न ।
नेता : रातिमे भी किन मार्छस् रे ?
बालक : माईको दबाइ र बापुजीको दारुको लागि पैसा चाहियो नि मालिक ।
नेता : भो अब जा घर । कल भोरमै आएर पथ्थर मार्लास् है । तो कति भइलियो रे आजको तेरो कमाइ ?
बालक : खै मैले ता एक सय पथ्थर मारेको हो । कति भयो मालिक आफैं हिसाब गरेर दिनु मालिक ।
नेता : तँलाई हिसाब आउँदैन रे ?
बालक : पढाइ छोडेपछि बिर्सिएँ मालिक । हिसाब आउँदैन मालिक ।
नेता : एक सय पथ्थरको १५० भैगो नि । लिएर गै हाल । चल् भाग् यहाँ से दफा होजा ।
बालक : एक पथ्थर चल्ती गाडीमा मारेको २० रुपियाँ के हिसाब से दिने भनिहालेको थियो नि मालिक । सय पथ्थरको यति नै हो कि ?
नेता : यति नै हो यति नै हो । बरु भागिहाल् । तेरो दारुवाल बाबुलाइ भोलि दिनमे गाडी जलाउन पठाइहाल् । गोली लाग्यो भनी हामी उसलाइ सहिद बनाइहाल्छु । पचास लाख पाइहाल्छस् रे भनिहाल् है । लौ जा ।
पटाक्षेप

1 thought on “नेता किशोर (बालक) सम्वाद”

Leave a Reply

Your email address will not be published. Required fields are marked *