Skip to content

जानुनै थियो त


जानु नै थियो त नटिक्ने नाता जोडेर गयौ केको निम्ति
थिए म कमजोर सिसाजस्तै तोडेर गयौ केको निम्ति

आजित भइसकेथेँ त्यतिबेला यो मनलाई फकाउँदा
ओइलाउँदै थिए पिपिरा झैं गोडेर गयौ केको निम्ति

जुनकिरी झैं अन्धकारमा चम्किदै थे त्यति बेला
जीवनको बाटो मोडेर तेसै गयौ तिमी केको निम्ति

बिना बादल आँखाबाट दर्किदै गर्दा आँसुहरू
चड्कनि बनी मुटुलाई झन् फोडेर गयौ केको निम्ति

जस्को निम्ति उदास जीवन अर्पण गरे सदैलाई
हजारौ टुक्रा मुटुलाई पारी छोडेर गयौ केको निम्ति

डिल्ली प्रसाद खराल♥घायल♥
बिरेंद्रनगर चितवन,
हाल: मरुभूमिको छाती दुबई

Leave a Reply

Your email address will not be published. Required fields are marked *