Skip to content

तीन मुक्तक (प्रकृति र पबृत्ति)


प्रकृति र पबृत्ति

प्रकृति र प्रबृत्तिको रित भिन्न भिन्न
यसै गरी चलेको छ विश्व अबिछिन्न
संसारिक गतिचक्र चल्छ आफ्नै पथमा
जति बिन्ती चढाए नि मौका यस्ले दिन्न

चिन्नु पर्छ

चिन्नु पर्छ सुपात्रलाई दिनु परे दान
छान्नु पर्छ अमृत फल भोक लागे खान
जे जे चाह्यो त्यही कर्म त कबै गर्न हुन्न
जिन्दगीका केही पक्ष सवल हुन्नन् जान

कोही खोज्छन्

कोही खोज्छन् मधुप्याला कोही सुधारस
चञ्चल छन् इन्द्रीय त यिन्ले पार्छन् बस
मनरूपी सारथीले संसार नै दाग्छ
आफ्नै मन विचलित भै हुन्छ खसखस

Leave a Reply

Your email address will not be published. Required fields are marked *