Skip to content

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी


जहाँ बसे पनि हामी नेपालका सन्तति
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।

तराई फैलिरहोस् सदा पहाडको काखमा
सगर छुने हिमाल हाम्रो एउटै छ लाखमा।
माटोको सुगन्ध मीठो फूलकै सुवास सरि
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।

डाँफे मुनाल राम्रो हरियाली फाँट राम्रो
जति सुन्दर प्रकृति त्यस्तै छ मन हाम्रो।
सार्बोभोमता र स्वाभिमान प्यारो सधैभरि
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *