Skip to content

नाकाबन्दीको दशैं


बा आमा आउन पाइन
तेल छैन बसैमा
नाकाबन्दीले नदिने भो
टीको थाप्न दशैंमा

प्लेन पनि आउन छोड्यो
ठूल्दाइ अड्किनु भो दिल्लीमा
वर्षौँ पछि बल्ल आको
दशैंको बेला विचल्लीमा

दिदीबहिनी पनि आउँछु भन्थे
खुसी हुँदै दशैंको वेला
आज भोलि भन्दा भन्दै
छिमेकीले कहिले बाटो देला

मन सधैँ आफ्नो प्यारो
गाउँको घरैमा
रित्तो सिलिन्डर सुम्सुमाउदै
एक्लै डेरैमा

इन्जिनियर राकेश कार्की
लस एन्जेलस

Leave a Reply

Your email address will not be published. Required fields are marked *