Skip to content

सीमापारिको बाँध

NaradBajracharya


सीमापारी ठूलो बाँध बन्न थालेदेखि
सन्तेको गाउँमा
खोला पस्न थालेको हो ।

खोला पस्नुको डर
कस्तो हुन्छ
सिंहदरवारलाई थाहा छैन ।

हो थाहा त छैन सन्तेलाई
बाँध बन्नुसँग
साइनो के छ सिंहदरवारको

सन्तेको गाउँमा त
वर्षायाममा
खोला पस्छ

सिंहदरवारमा त थाहै हुन्न
कुन बेला
मेच ढल्छ ।

सिंहदरवार सोच्छ
सन्तेलाई त राहत दिन मिल्छ
यहाँ ढल्यो भने आहतै आहत हुन्छ ।

सन्ते त सोच्नै सक्दैन
उसको त
जहाज नै दुब्छ ।

सिंहदरवारलाई पहिल्यै थाहा छ
सीमापारी बाँध बन्दा
सन्तेको गाउँ दुब्छ ।

सन्तेलाई थाहा छैन
सीमापारी बाँध नबन्दा
किन सिंहदरवारमा बाढी पस्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *