Skip to content


पम्पमा नपाइने
कालाे बजारीमा पाइने
पेट्रोलले
हलुँगो बनाएकाे छ – मेराे गाेजी
……..
अाज भाेली तिमी,
राष्ट्रवाद फुक्छाै – मिडियामा !
र म घरमा
चुलाेकाे अागाे फुक्छु ।
दाल, तरकारी र चामल
हिजाे अाज एकैचोटि पाक्छ – प्रेसरमा
र त्यही
बेलुकासम्म पुग्छ ।
………..
तिमी राष्ट्रवादकाे कुरा गर्छाै
मलाई अाधा पेट भरेर
साईकल चढ्न भन्छाै
मेराे चुलो
चिसो भएकाे बेला
जब तिम्रा लागि
८४ व्यन्‍जन पाक्छन् ।
र तिमी
पूरा अघाएकाे
भुडी फुलाएर
अगाडि पछाडि
साईरन बजाएर
पजेरोमा हुईकिन्छाै
………..
तीन किलाे मीटर लामाे लाइनमा
दिनभरि बसेर
महादेवले सतिदेवीकाे लास बाेकेझै
खाली सिलिन्डर बाेकेर
बेलुकी घर फर्कदै गर्दा
तिम्रो घरमा भरिएका सिलिन्डरहरू
जब अाफै लाइन लागेर पसेको देख्छु
………..
महंगी, अभाव, कालाेबजारी
हत्या, हिंसा र अपहरणकाे
कहालीलाग्दो चक्रव्यूहमा
महाभारतकाे अभिमन्यु झैं
जब अाफुलाई फसेकाे पाउँछु
र तिमीलाई
त्याे चक्रव्यूहकाे घेराले
छुनसम्म छुदैन
तब
तिमीले खाेकेकाे राष्ट्रवाद
र मैले भाेगेकाे राष्ट्रवादमा
अाकास- जमिनकाे फरक पाउँछु ।

सर्वाधिकार
जितेन्द्र तुलाधर
बुंगमती, ललितपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *