Skip to content


नियालेँ नजिकिएर
धाँजा धाँजा
फाटेछ जमिन
डोब थियो पाइलाको
जहाँ म्हेमेको ।
साङमाई ! त्रासदी भो
जान्छ नि त पहिरो
गर म र म रम……………..।

कुरुप कुरुप बनाउँदै
ती निर्मल निर्मल
पाखा पखेरीहरू
जहाँ देख्यौँ हामीले
सुरम्य लय जिन्दगीको ।

निन्दा छ मेरो
छ,घृणा पनि
गन्हाउँछन् नमिठो नमिठो
कुहिएको मासु जस्तै
विराजमान् छन् जो इन्द्र
गर्दै राज जलको
दिन्छन् धेर थोर
खेल्छन् कुटिल चाल
रच्छन् झेली कथा पनि
अनि त फाटिएको होला
धाँजा धाँजा
ती रुवा जस्तै सुकोमल
अनि शालिन शालिन जमिनहरू
बन्दै आत्माघाती
खातिर भीमकाय पहिरोको
बनाउन समथर
आसूर्यको देशमा ।

जङ्ग योञ्जन तामाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *