Skip to content

चालीस पछिको प्रभावपरक समालोचना

  • by


नेपाली समालोचनामा प्रभावपरक समालोचनाको आरम्भ समालोचक सूर्यविक्रम ज्ञवालीबाट भएको हो । उनले विभिन्न कृतिहरूको सम्पादन तथा समालोचनालेखन प्रभावपरक पद्धतिमै आधारित भएर लेखेका छन् । ज्ञवालीपछि समालोचक रामकृष्ण शर्मा नेपाली समालोचनाको क्षेत्रमा प्रभावपरक समालोचना प्रवृत्तिलाई अँगाल्ने कुशल प्रयोक्ता हुन् । यसअगाडिका समालोचकहरूले गुणप्रधान भएर समालोचना लेखेका थिए तर शर्माले स्रष्टाको गुणपक्षलाई भन्दा दोषपक्षलाई लिएर वालकृष्ण सम र देवकोटाजस्ता साहित्यकारहरूलाई अचानो बनाएका थिए । यिनका सप्तशारदीय -२०२४), दस गोर्खा -२०२६), टेबुल गफ नौ बैठक -२०२७) जस्ता समालोचनात्मक कृति प्रकाशित छन् । रत्नध्वज जोशी नेपाली समालोचनाका अर्का प्रभाववादी आलोचक हुन् । उनको आधुनिक नेपाली साहित्यको झलक -२०२१) प्रकाशित छ ।

नेपाली समालोचनाको पश्चवर्ती समयमा तारानाथ शर्मा, डीपी अधिकारी, गोविन्द भट्ट, डा. ऋषिराज बराल, मोहन दुवाल आदि प्रगतिवादी समालोचक र तिनका कृतिमा अनि ईश्वर बराल, इन्द्रबहादुर राई, दयाराम श्रेष्ठ, मोहनराज शर्मा आदि गैरप्रगतिवादी समालोचक र तिनका कृतिको अध्ययन गर्दा गुणदोषका आˆनै सीमा हुँदाहुँदै पनि समष्टिमा निर्णयात्मक प्रवृत्ति पाउन सकिन्छ । यसरी हेर्दा नेपालीका अधिकांश समालोचकले सूर्यविक्रम ज्ञवालीले आत्मसात् गरेको विशुद्ध प्रभाववादी पद्धतिलाई भन्दा रामकृष्ण शर्माले अँगालेको निर्णयात्मक पद्धतिलाई अवलम्बन गरेको पाइन्छ । यति हुँदाहुँदै पनि नेपाली समालोचनामा केही चर्चित समालोचकहरूले कुनै स्रष्टा र उसको कृतिलाई निकै माथि पुर्‍याएर उसको व्यक्तित्व र कृतिको गुणगान गाउने परम्परा र कसैलाई निकै तल्लो श्रेणीमा राखेर उसको दोषपक्षलाई मात्र खोतल्ने परम्परा अद्यापि रहेको पाइन्छ । यो प्रभाववादी नेपाली समालोचनाको कमजोरी पक्ष हो । नेपाली समालोचनाको २०४० पछि प्रभावपरक समालोचना पद्धतिलाई आत्मसात् गरी आलोचना गर्ने केही आलोचक र तिनका प्रमुख कृतिलाई यसप्रकार सङ्क्षेपमा अध्ययन गरिएको छ ः

नरहरि आचार्यको पण्डितराज सोमनाथ सिग्द्याल र उनको महाकाव्य साधना -२०४१) ः यो कृति २०३३ सालमा शोधग्रन्थका रूपमा तयार पारी पछि पुस्तकाकार रूपमा प्रकाशित भएको हो । यसमा तीन खण्ड रहेका छन् ।

‘खण्ड १’ मा सोमनाथ सिग्द्यालको जीवनवृत्त र नेपाली वाङ्मयमा उनको योगदानका बारेमा चर्चा गरी उनको समालोचकीय विशेषतामाथि प्रकाश पारिएको छ । त्यस्तै ‘खण्ड २’ मा सिग्द्यालको कवितायात्राको बारेमा अध्ययन गर्दै आदर्श राघव महाकाव्यको अध्ययन गरिएको छ । यसमा सिग्द्यालको काव्य प्रवृत्तिको निरूपण गर्दै कवित्वको मूल्याङ्कन गरिएको छ । ‘खण्ड ३’ मा सिग्द्यालका अनुपलब्ध विशेष कविता र महाकाव्यांशका बारेमा विशेष जानकारी दिइएको छ । यस कृति पण्डितराज सोमनाथको योगदानको विशेषता र व्यक्तित्वको झलक प्रस्तुत गर्न सफल छ । त्यस्तै, आचार्यकै परिशीलन -२०५५) मा विभिन्न लेखहरू रहे पनि यसको सम्पादन भने फणीन्द्र नेपालले गरेका हुन् । यस कृतिमा समालोचक आचार्यले नेपाली साहित्यको माध्यमिक कालमा वीरचरित्रको महत्त्वपूर्ण भूम्ािका रहेको निक्र्योल निकालेका छन् । त्यस्तै आदिकवि भानुभक्तको जीवनचरित्र, उपन्यासकार व्ािश्वेश्वरप्रसाद कोइरालाको सुम्निमा उपन्यासमा जीवनदर्शन्ाको खोजी र उनकै तीन घुम्तीमा इन्द्रमायाको दोस्रो घुम्तीको खोजीको निरूपण गरिएको छ । यसका अतिरिक्त भूपी शेरचनको कविता मैनबत्तीको शिखामा प्रयुक्त अलङ्कारका स्वरूपको विश्लेषण पनि गरिएको छ । अर्का समीक्षक लक्खीदेवी सुन्दासको दार्जीलिङका केही नेपाली साहित्यका प्रतिभाहरू -२०४४) मा सुन्दासले नेपाली साहित्यमा योगदान पुर्‍याउने दार्जीलिङे स्रष्टाहरूको अध्ययन गरेकी छन् । सरल भाषामा दार्जीलिङे स्रष्टाहरूको सर्वेक्षण गरिएको यस कृतिमा अन्वेषणात्मक पद्धति पनि पाइन्छ । अर्का समीक्षक घनश्याम नेपालको आख्यानका कुरा -२०४४) मा नेपालले आख्यानका बारेमा गहिरो अध्ययन र चिन्तन गरेका छन् । खासगरी आख्यानको एउटा हाँगोका रूपमा रहेको कथाका प्रत्येक तत्त्वको मनग्य प्रतिपादन यसमा गरिएको छ । कथाको बुनोट पक्षको समग्र अध्ययन यस कृतिमा गरिएको छ । साहित्यको एउटै विधा अर्थात् आख्यानमा मात्र केन्दि्रत यस अध्ययनलाई विधाकेन्द्री समालोचना पनि भन्न सकिन्छ । अर्का समीक्षक कोशला जोशीको नेपाली साहित्याकाशका सात तारा -२०४४) मा उनले भानुभक्त आचार्य, मोतीराम भट्ट, सोमनाथ सिग्द्याल, लेखनाथ पौड्याल, वालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा र सिद्धिचरण श्रेष्ठका बारेमा अध्ययन गर्दै यिनीहरू नेपाली साहित्याकाशका तारा रहेको निचोड प्रस्तुत गरेकी छन् भने समीक्षक रत्नध्वज जोशीको साहित्य विमर्श -२०४५) मा बीसवटा समालोचनात्मक लेखहरू रहेका छन् । लेखक जीवनको सम्बन्धमा यस लेखमा जोशीले लेखक जीवनमा लागेर सफलता हासिल गर्न जति समय र परिश्रम लाग्दछ, त्यत्तिकै समय तथा पसिना खर्च गरी अरू प्रायः जुनसुकै क्षेत्रमा लागे पनि लेखक जीवनबाट भन्दा बढी भौतिक सुखसम्पत्ति त्यसबाट हासिल गर्न सकिन्छ भन्ने दृष्टिकोण प्रस्तुत गरेका छन् । अर्का समीक्षक जगदीशशमशेर राणाले नरसिंह अवतार परिचर्चा -२०४६) मा आˆनो काव्यको आफैँ समीक्षा गरेका छन् । यसमा समालोचक राणाले नरसिंह अवतारमा प्रयोग गरिएको विषयवस्तु, नायक, खलनायक, छन्द, मिथक, सङ्गीत आदिका बारेमा अध्ययन गरेका छन् । आˆनो कृतिको आफैँ गुणगान गाउँदा युक्तिसङ्गत नदेखिए तापनि नरसिंह अवतारको विषयवस्तु कथानक, छन्दप्रयोग आदिको ज्ञानका लागि यो कृति बहुउपयोगी देखापर्छ । उनकै साहित्य चौतारी ः एक विवेचना -२०५२) मा रहेका लेखहरूले साहित्यको संरक्षण गर्न टोलटोलमा चौतारी खोल्नुपर्छ भन्दै कृति तिथिमिति वा कालमा विकसित हुने नभई चौतारीबाट विकसित हुने धारणा राखेका छन् । अर्का समीक्षक अच्युतरमण अधिकारीले विवेचनै विवेचना -२०४६) मा आदिकवि भानुभक्त आचार्यदेखि पूर्णविरामसम्मका १७ जना कवि, कथाकार, उपन्यासकार र नाटककारका कृतिहरूको समीक्षा गरेका छन् । त्यस्तै यिनको समालोचकीय दृष्टि हास्यव्यङ्ग्य विधामा पनि परेको छ । यी समग्र लेखहरूमा अधिकारीले व्यक्तित्व र कृतिपरक मूल्याङ्कन गरेका छन् । उक्त मूल्याङ्कनमा प्रभाववादी दृष्टिकोण पनि परेको छ । उनकै नेपाली रचनात्मक मूल्याङ्कन

-२०४७) मा नेपाली त्रैम्ाासिक पत्रिकाको मूल्याङ्कन गरिएको छ । प्रथमतः यस कृतिलाई ‘सम्पादकीय खण्ड’, ‘कृति खण्ड’ र ‘मदन पुरस्कार पुस्तकालयको पानाबाट’ गरी तीन खण्डमा विभाजन गरिएको छ । त्यस्तै ‘नेपाली’ सय अङ्कसम्ममा जम्मा चार सय २५ लेख-रचनाहरू छापिएको उल्लेख गर्दै उक्त रचनाहरूको विश्लेषणका साथ समालोचकले ती लेखरचनासँग सम्बन्ध्िात एक सय चारजना लेखकहरूको नामसमेत उल्लेख गरेका छन् । अ

Leave a Reply

Your email address will not be published. Required fields are marked *