Skip to content

म यस्तो गीत गाउँछु


म यस्तो गीत गाउँछु, जुन प्रेमगीत बनोस्
हर माया गर्ने जोडीले आफ्नै गीत भनोस्
राम्रा राम्रा सपना होस् त्यहाँ
मिठा मिठा विपना होस् त्यहाँ
दुई मुटु एक धड्कन हुन्छ जहाँ
नियालेर मेरो आँखामा हेर त्यहाँ पाउँछ्यौ आफ्नै चित्र
सजाइसक्या छु मैले तिमीलाई मेरो यो मुटुभित्र

आफ्नैभन्दा प्यारो लाग्दो रैछ तिम्रो जीवन
आफ्नै वशमा कहाँ हुँदो रैछ र यो मन
डुल्छ तिम्रै वरिपरि
भुल्छ तिम्रै वरिपरि
सम्झिएर तिमीलाई घरीघरी
नियालेर मेरो आँखामा हेर त्यहाँ पाउँछ्यौ आफ्नै चित्र
सजाइसक्या छु मैले तिमीलाई मेरो यो मुटुभित्र

तिम्रो लागि म छु मेरो लागि तिमी छौ
जिन्दगीको प्राप्ति मेरो लागि तिमी हौ
तिम्रो दुखमा रुन सकुँ
तिम्रो सुखमा हाँस्न सकुँ
तिमीसँग सधैँ बाँच्न सकुँ
नियालेर मेरो आँखामा हेर त्यहाँ पाउँछ्यौ आफ्नै चित्र
सजाइसक्या छु मैले तिमीलाई मेरो यो मुटुभित्र

शब्द, संगीत – अर्जुन पोखरेल
स्वर – सुगम पोखरेल, अन्जु पन्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *