Skip to content

“… “हरू वाद

JRAavas-03


शक्तिसत्तामा पुगेर भत्ता खान पल्केकाहरू
जनता पिल्स्याएर आफू टिलिक्क टल्केकाहरू

यही माटोमा पसिना बहाउनेलाई बिर्सिएर
नाता कृपाका लागि राजनीति गर्न तम्सेकाहरू

चुस्नुसम्म चुसेर अहिले देशले के दियो भन्दै
डिभी पीआर लिँदै पराई देश लम्केकाहरू

बिर्सेर आफ्नै गोर्खे खुकुरीको सानबनेर नामर्द
राष्ट्रघाती समझौता समेत गर्न ढल्केकाहरू

जलेको छ छाती आमाको त्यस माथि पीडा थप्दै
आफू त मेटिए अब आमा सिध्याउन सल्केकाहरू

जे आर “आभास”
(२०७२।०८१८)

Leave a Reply

Your email address will not be published. Required fields are marked *