Skip to content

कथाकार सनत रेग्मीलाई पूर्णिमा साहित्य रत्न सम्मान


कोहलपुर, १९ मंसीर, २०७२

वरिष्ठ कथाकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीलाई पूर्णिमा साहित्य रत्न २०७१ ले सम्मान गरिएको छ ।

नेपाली आख्यानमा योगदान पुर्याए वापत हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले कथाकार सनत रेग्मीलाई सम्मान गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरीले कथाकार सनत रेग्मीलाई नगद ११ हजार सहित प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरे । कथाकार सनत रेग्मीका आधा दर्जन बढि कथा संग्रहहरु प्रकाशित भएका छन् । उनका कथाहरु स्नातक तहका पाठ्य पुस्तकहरुमा पढाई हुँदै आएको छ । हरेक वर्ष प्रदान गर्दै आएको यो सम्मान अघिल्लो वर्ष गीतकार तथा गायक स्वर्गीय प्रेम प्रकाश मल्ललाई प्रदान गरिएको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानले पश्चिमको साहित्यलाई अगाडि बढाउन सक्दो पहल गर्ने प्रा.डा.जीवेन्द्र देव गिरीले प्रतिवद्धता पनि गरे । नेपाली भाषा साहित्यमा योगदान दिनेहरुलाई वार्षिक रुपमा प्रदान गर्दै आएको सल्लाहकार सागर गैरेले बताए ।

कार्यक्रममा कथाकार सुमित्रा न्यौपानेको “आँखा र आँखाहरु” कथा संग्रहको समिक्षा पनि गरियो । टिकाराम उदासी, बासुदेव पाण्डेय प्रभाकर र हरि प्रसाद तिमिल्सिनाले ग्रामिण भेगलाई समेटेको नारिवादी कथा भएको कुरा व्यक्त गरे ।

अन्य जानकारीका लागि
कपिल अन्जान,
सचिव,
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर, बाँके
९८५८०२६६२७

Leave a Reply

Your email address will not be published. Required fields are marked *