Skip to content


सुनेर हामीलाई छाडिदिउ, भरत आगो भयो । आगो मात्र पनि होइन, ज्वालामुखीझैं राँकियो ।

तुरुन्तै लाभा पनि ओकल्न थाल्यो- “आजको समयमा पनि नेपाली जनताको अधिकार थिचेर राख्न सक्छु भन्ठानेको ? खै, त्यो गोली चलाउने भरौटे…? म त्यसलाई…!” त्यसपछि उसका शब्द उल्लेख गर्न संशोधन गर्नुपर्ने खालका भए ।

उसको प्रतिक्रिया भर्खरै आएको खबर सुनेपछि निस्केको थियो । कलङ्कीमा एक बालकलाई उचालेर एउटा प्रहरीले कन्चटमै गोली ठोक्यो रे, खबर यही थियो ।

हातहातमा ब्यानर, अन्य उपयोगी सामग्रीहरू बोकेर आन्दोलनका क्रममा अघि बढिरहेको हाम्रो समूहमा अझसम्ममा आइपुगेको यो नै ठूलो खबर थियो ।

अनि भरतको कुरा किन भने, हाम्रो समूहमा ऊ नै एक भद्र किसिमले आˆनो विचार र क्रियाकलाप देखाउनेमा पर्दथ्यो ।

अघिसम्म पनि हाम्रो समूह- “लोकतन्त्र जिन्दावाद ! एकतन्त्री शासन मुर्दावाद !!” भन्ने आवाजका साथ अघि बढ्दै गरेको बेला एक ठाउँमा झन्डै अनावश्यक विवादमा फस्नुपरेको थियो ।

त्यस ठाउँमा केही युवाको समूह ट्रक, बसको भयभरका टायरहरू जलाउन लाग्दै थिए ।

-“साथी हो Û यसो त गर्न भएन ।” हामीमध्येकै कसैले भनेको थियो ।

-“किन ?” सोधियो ।

-“यस्ता टायर बालेर के हुन्छ ?”

-“जनआन्दोलन ।” उत्तर आयो ।

-“त्यो त ठीक छ, तर टायर नबाली आन्दोलन हुँदैन र ?”

-“टिभी हेर्ने गरेको छैन ? यस्ता आन्दोलनमा टायर नबाल्ने समाचार हेरेको छ ?”

-ओह ! यहाँ टिभीमा आउन पो यसो गरिँदै छ ? तर यसले प्रदूषण फैलाउँछ नि ।”

-“कस्तो कुरा गरेको ? टायर नबालेर पनि कतै आन्दोलन हुन्छ ? कतै जनआन्दोलनको सहभागीजस्तै बनेर आफूहरू उतैबाट…?”

त्यति कुरा मात्र के आएको थियो, हाम्रो समूहका जागरूक युवा उम्लिहाले- “के रे ?”

तब भरत, हाम्रो भरत, दुवै पक्षलाई सम्झाउन अघि सर्‍यो-“हामी दुवै समूह लोकतन्त्रका योद्धा हौँ । तपाईंहरू आˆनै किसिमले उठ्नुहोस्, लाग्नुहोस् । हाम्रो भनाइ केवल वातावरणको ख्याल राख्नुपर्ने भन्ने हो । हाम्रो वातावरणको ख्याल राखिदिन अरू आउँदैनन् कि आउँछ ? अब हामी लागौँ आˆनो बाटो ।”

अब त्यही भरत यहाँ यसरी बम्किरहेको थियो ।

के भएछ त, हामी त्यतैतिर लाग्यौँ ।

-“भाइ हो !!” बाटोमा कतै अस्फुट स्वर आएजस्तै लाग्यो । भ्रम पनि हुन सक्छ । समूहको आवाज सशक्त पाराले आकाशै ताकिरहेको थियो । त्यही भएर पो हो कि Û लाग्न त अवश्य लागिहाल्छ ।

-“बाबु हो ! बाबु…मलाई….।”

फेरि बोली सुनियो ।

हेरेँ, यताउता । कतै केही छैन ।

-“यता…।” बाँसभित्रबाट चरक्क चर्किएर आएझैं फेरि बोली आयो ।

सडकको पल्लोपट्ट िखाल्डो रहेछ । हामीमध्ये दुई-चारले सुनिहाल्यौँ अहिले त, समूहलाई नै आकषिर्त गर्‍यौँ ।

खाल्डोमा हेर्छौं त…ओह !! एक महिला छरपस्ट वस्त्रमा मिल्काइएकी थिइन् ।

एक जनाले आˆनो ज्याकेट लगाइदिएर तिनलाई उठाइदियो ।

भन्नै पर्दैन, तिनका साथ कसले के गर्‍यो, किनभने छयालीस सालको आन्दोलनमा पनि यस्ता दुर्घटना हामीले देखिसकेका थियौँ ।

तिनको आर्त भरिएको स्वरले पनि त्यस्तै विवरण पस्किँदै थियो ।

नैतिकता, मानवता आदि सबै उमारिसकेर तिनलाई मलमपट्टी गरेपछि हामी अघि बढ्नै लागेका थियौँ, तिनको दरिलो स्वरले हाम्रा गोडामा साङ्लो लगायो ।

जानै लागेको बेला तिनले हामीलाई भनिन्-“भाइ हो Û अब यस्तो तालमा म कहाँ जाउ”m ?

हामीसँग झट्टै समाधान थिएन, पक्कै त्यतिखेर ।

तिनले फेरि थपिन्-“के यतिकैमा मेरो रक्षा होला त…?”

हामी सबै आपसमा मुखामुख गर्न थाल्यौँ, एक पटक भयभित मुद्रामा नै सही ।

-“मेरो रक्षा होला त फेरि ?”

अब यो ‘फेरि’ ले धेरै कुरा एकै पटकमा जुधाइरहेको थियो, सोच्नुपर्ने, गर्नुपर्ने, सबैसबै ।

-“हामी के गरौँ त भन्नोस् ? हामी त आन्दोलनमा छौँ…Û” भरत नै बिलखबन्दमा पर्‍यो ।

-“हेर, हेर लाज पचाएको…।” तिनले अचम्मैसित भनिन्-“त्यतिका जनताको हितमा आन्दोलन गर्नेहरूले यसो भन्न सुहाउँछ ?”

-“तर यतिखेर हामी…।” हामीसित समय र उपाय तत्काललाई सुझिरहेको थिएन, वास्तवमै ।

-“पहिला मेरो सुरक्षाको व्यवस्थ्ाा गर, अनि आन्दोलनतिर लाग ।”

-“हैन, तपाईं अब यताबाट त्यता लाग्नोस्…अब सुरक्षित नै हुनुहुन्छ ।”

-“हैन, हैन । त्यसरी हुँदैन ।” तिनी त जिद्दीपनको शिखर चढ्न थालिन् ।

-“यो आइमे खुस्केकी पो हो क्यारे ।” कसैले खुसुक्क सुनायो ।

उताबाट आन्दोलित हाम्रो अर्को समूहको आहृवान आइसकेको थियो, झट्टै आउनु । अब के गर्ने त ? सम्भवतः तिनको दिमागी अवस्था नै त्यस्तै होला ठानेरै हामी अघि बढ्यौँ ।

तिनी हामीसित आफूलाई छोडेर नजाऊ भनेर कराउँदै थिइन् । हामी भने कुद्न पो थाल्यौँ, थाहा छैन, आˆना समूहका साथीको आहृवानमा हो वा तिनको पुकार सुन्न नचाहेर ।

सडकहरू काला टाटा, ढुङ्गा, चप्पल, जुत्ता, धुवाँले भरिँदै गएका थिए ।

प्रहरीको टोली र आन्दोलनकर्ताको चर्कोचर्को सङ्घर्ष आवाजका रूपमा परपरदेखि नै सुनिँदै थियो ।

टोलटोलमा पुगेर गस्तीका प्रहरी टोली बालेको आगोलाई तितरबितर बनाउने कर्ममा सक्रिय देखिन्थ्यो । त्यसैबेला ती प्रहरीलाई जिस्काउने गरी नारा लगाउने समूहहरू पनि देखिन थाले । आफूलाई जिस्काउनेहरूप्रति अलिकति पनि दया नराख्नु भन्ने आज्ञा पाएभै”m प्रहरीहरू पनि तिनलाई लखेटालखेट गरिरहेका थिए । प्रहरीको बथान हुर्रिएर आउँदा ती समूह कमिलाको ताँतीभै”m कता लुक्न पुग्थे कता ।

हामी भने कतै नलुकी डटेरै बढ्ने मुद्रामा अघि बढिरहेका थियौँ । त्यतिकै, त्यतिकै हैन, हाम्रा आवाज हामीभन्दा पनि बढी तीव्र गतिमा अघि बढिरहेका थिए ।

जोसजाँगरले पुलकित भएर कुदिरहेको हाम्रो समूह अर्को एक ठाउँमा फेरि रोकिन पुग्यो ।

अगाडि नौ-दस वषर्ीय बालक रोइरहेको थियो, आन्दोलित आकाशै छेड्ने स्वर निकालेर ।

-“के भो बाबु ? किन रोएको

त्यसरी ?” बानियाँ सर्‍यो यसपल्ट ।

दुई-चार जनाले बालकको लुगामा लागेको धूलो टकटकाइदिए ।

बालक भन्ने हैन, रोएरै औँलाले सङ्केत गर्नतिर लाग्यो । साङ्केतित दिशामा घर थियो, बस त्यति ।

बानियाँले बालकलाई उचालेर त्यही घरतिर लैजान के लागेको थियो, बालक त झन् हातखुट्टा ˆयाँकेर रुनकराउन पो थाल्यो ।

के भएछ त त्यसो भए Û

-“घर हिँड बाबु । किन जान

नमानेको ?” हामी पनि अघि सर्‍यौँ ।

-“त्यो मेरो घर होइन ।” बल्लतल्ल रुवाइ कम गर्दै बालक बोल्न सक्यो ।

-“अनि कहाँ छ त तिम्रो घर ?”

-“मेरो घर गाउँमा हो । यहाँ त काम गर्न बसेको ।”

यति सानो बालक…काम गर्न

बसेको Û हामी एकछिन तिलमिलायौँ ।

-“किन त…? तिम्रो घरमा कोही

छैन ?”

-“आमा र सानी बैनी मात्र छन् ।”

-“अनि बा नि…?”

एक्कासि बालक फेरि रुन थाल्यो । पछि उसले रुँदै भन्यो- “बालाई कोको मान्छे आएर लगेको कति भइसक्यो, बा त अझै फर्केका छैनन् ।”

मर्माहत थियो हाम्रो स्वर-“अनि आमा…?”

-“आमा बिरामी भएर सुतिरा’की छिन् । म यहाँ…।”

-“यहाँ…भन, भन ।”

-“मालिकसाबले कस्तरी कुट्यो । भोक लागेर अलिकति…।”

त्यसपछि के गर्नुपर्छ, त्यही गर्नतिर लाग्यौँ । उसको मालिकलाई सम्झाउ”mबुझाउ”m भन्नेतिर तर

अचम्म Û बालक स्वयं चाहिरहेको थिएन, पटक्कै ।

-“किन बाबु…?”

-“त्यो घरमा मजस्ता कति बच्चाहरू काम गर्न बसेका छन्…कसकसका लागि मात्र एकचोटि भन्दैमा सबै ठीक हुने ठान्नुहुन्छ ?”

-“तर…।” हामी अलमलियौँ, भित्रभित्रै । निश्चय नै ।

-“के एकचोटि भन्दैमा यस्तो समस्या सुधि्रन्छ ?”

हामीलाई यस प्रश्नले झन् झस्काइदियो ।

-“मलाई पनि तपाईंहरूसँगै लैजानोस् बरु…अनि मजस्ता सबै बच्चाको समस्या एकैपल्टमा सुल्झाउने काम गर्नोस् ।”

के भनिरहेछ यो फुच्चे ?

बानियाँले अरू दुई जनालाई साथमा लिएर त्यस बालकलाई उसले सङ्केत गरेकै घरमा पुर्‍याउन लग्यो । बालक भने उसको आˆनो गच्छेअनुसारको विरोध जनाइरहेकै थियो ।

त्यति नै बेला आन्दोलनकारी र प्रहरीको फौजबीच भिडन्त भएको खबर आयो ।

हामी फेरि तीव्र गतिमा कुदिहाल्यौँ ।

साँच्चै नै आकाश रुन न हाँस्नुजस्तै देखिइरहेको थियो । धुवैँधुवाँले डम्म भएको थियो ।

प्रतिसेकेन्ड एकसय बीस किलोमिटरको वेगले कुदिरहेको हाम्रो समूहले एक्कासि ब्रेक हान्नुपर्‍यो ।

अगाडि बीच सडकमा अरू कोही थिएन, एक वृद्ध लौरो टेकेर हामीलाई ताकिरहेका थिए ।

-“पख बाबूनानी हो Û कता हानिएर जाँदै छौ ?” वृद्धले सोधे ।

-“जनताको अधिकार स्थापित गर्न ।”

-“नेपाली नागरिकको हकमाथि परेको थिचोमिचोको अन्त्य गर्न ।”

-“त्यसो भए पूर्णरूपको स्वतन्त्रताका लागि लड्दै छौ ?”

-“हो बाबा ।”

-“त्यस्तो स्वतन्त्रतामा हामी बूढाबूढीहरूलाई कुनै स्थान छ कि छैन नि ?”

-“किन नहुनु बाबा । अवश्य हुन्छ ।” भन्यौँ ।

-“भन्न त पहिलेका आन्दोलनकारीहरूले पनि त्यसै भनेका थिए…।”

-“अब त्यस्तो हुँदैन बाबा । बरु ढिलो हुन लागिसक्यो ।”

-“पख न पख ।” वृद्ध नजिकिए- “खोजेको जस्तो स्वतन्त्रता पाएपछि सुरुमै के गर्नुपर्छ, थाहा छ ?”

भोला हतारियो- “आ…यो बूढो के गनफती गरिरहेको होला…जौँ ।”

गजेन्द्रले उसलाई हपार्‍यो-“पख् न बूढोमान्छेको कुरा सुन्नुपर्छ । सम्मान गर्नुपर्छ हामीले ।”

त्यो वृद्धले मुसुक्क हाँसेर भन्यो- “यो बूढोले त्यसै कपाल फुलाएको हैन नानी । तिमीहरूले खोजेको स्वतन्त्रता आउनैपर्छ, यो त धेरै पहिला नै आउनुपथ्र्यो यस देशमा…तर तिमीहरू जसरी हतारिएका छौ, त्यसले नै गडबड गर्न सक्छ । यस्तो स्वतन्त्रता त्यतिकै सजिलो छैन दिगो बनाउन…होस् गर ।”

हामीलाई निश्चय नै ती वृद्धमा केही शक्ति छ भन्ने लागिसकेको थियो । त्यसैले अडियौँ ।

-“म धेरै कुरा गरेर तिमीहरूलाई अल्झाउन चाहन्नँ । यहाँको स्थितिलाई पनि खुपै गम्भीर भएर विचार गर है…त्यतिकै सजिलो छैन यस्तो स्वतन्त्रतालाई कायम गर्न । पर हेर…।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *