Skip to content

तिमी आउनु है


आज पनि सपनीमा तिमी आउनु है,
दिलको ढोका खुल्ला छ न लजाउनु है

सुन्दरताको प्रस्तुति नै सरलता रे,
शृंङ्गार होइन,गाजलु चै लाउनु है

एक्लै बाचिएको उजाड यो जिन्दगी मा,
सपनी मै भए पनि लौन यो सजाउनु है

माया ब्यापार बनाइएको संसारमा,
आई चोखो मायाकै गीत तिमी गाउनु है

Copyright : 2015
Subash ghimire

www.usaasublogaddress.blogspot.com/2015/12/blog-post_89.html?m=1

Leave a Reply

Your email address will not be published. Required fields are marked *